ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेसले मङ्गलबार कार्यालय बन्द गर्ने


एबीसी न्यूज

काठमाडौं ३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्ड झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुगानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘२०८१ साल मङ्सिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मङ्सिर ४ गते मङ्गलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औं दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’’

बैठकले उहाँको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुङ्गानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

बैठकमा बोल्नुहुँदै पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुङ्गानाले पार्टी र सभामुखको रुपमा खेल्नुभएको निष्पक्ष भूमिका सदा स्मरणीय रहिरहने बताउनुभएको भयो ।

उहाँले भन्नुभयो, ‘‘संसद उहाँले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्‍यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भइहाल्यो । उहाँको असामयिक निधन भयो ।’’

पूर्वसभामुख ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी स्वर्गीय ढुङ्गानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिया भूमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

१० ‘विकास नायक’ लाई सम्मान

सम्बन्धित

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com