ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले रुससँग जुन महिनामा भएको रक्षा सम्झौता अनुमोदन गर्‍याे


एबीसी न्यूज

काठमाडौं २७ कात्तिक । उत्तर कोरियाले दुई देशका नेताहरूले हस्ताक्षर गरेका रुससँगको पारस्परिक रक्षा सम्झौतालाई अनुमोदन गरेको छ । गएको जुन महिनामा भएको सम्झौतालाई अनुमोदन गर्दै उत्तर कोरियाले सशस्त्र आक्रमणको अवस्थामा एकअर्कालाई थप सहयोग गर्न आह्वानसमेत गरेको छ ।

उत्तर कोरियाले सैन्य सहयोग बढाएर युक्रेनविरुद्धको युद्धलाई समर्थन गर्न रुसमा दशौं हजार सेना पठाएको भन्दै अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेका बेला यो रिपोर्ट आएको उत्तर कोरियाको राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो सम्झौता अनुमोदन गर्ने आदेशमा हस्ताक्षर गर्दै दुवै पक्षले उपकरणहरू आदानप्रदान गर्दा अनुमोदन लागू हुने बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सम्झौता हस्ताक्षर गरिसक्नुभएको छ । सम्झौतामा दुवै देशले युद्धको अवस्थामा आफूसँग भएका सबै उपलब्ध साधनहरू प्रयोग गरेर तुरुन्तै एकअर्कालाई सैन्य र अन्य सहायता उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

उत्तर कोरिया, अमेरिका र युक्रेनले रुसमा १० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक रहेको बताएका छन्, उनीहरूमध्ये केही युक्रेनको सीमा नजिकै युद्धमा संलग्न रहेका खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com