ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथोपटक हिरासत म्याद थप्न आज रविलाई अदालत लगिँदै


मनिषा लामिछाने

काठमाडौँ । सहकारी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज (आइतबार) अदालत पेस गरिँदै छ।

तेस्रोपटक कात्तिक २० गते अदालत उपस्थित गराई तिहार बिदासमेत गणना गरी थपिएको १० दिनको म्याद पनि कात्तिक २४ गते (शनिबार) सकिएकाले चौथोपटक हिरासत लम्ब्याउन आज रविलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको हो।

‘अनुसन्धान भनेको क्रमबद्ध हुन्छ, हतारमा गर्ने कुरा भएन, रातभर नसुतेर काम गरिएको छ’, कास्की प्रहरीका एक अधिकृतले नेपालखबरसँग भनेका छन्, ‘अनुसन्धान नसकिँदै छाड्ने कुरा भएन, हामीले अदालतसँग अनुमति माग्ने हो, सम्मानित अदालतबाट जस्तो आदेश आउँछ, त्यस्तै हुन्छ।’

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्‍याएका रविविरुद्ध हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com