ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेनले ट्रम्पलाई बोलाए ह्वाइट हाउस


एबीसी न्यूज
कार्तिक २२, २०८१ बिहीबार  १ : २४ बजे

काठमाडौं २२ कात्तिक । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले देशमा भर्खरै सम्पन्न राष्ट्रपतीय चुनाव जितेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउसमा बोलाएका छन्।

बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले ट्रम्पलाई फोन गरी बधाई दिँदै सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउस आमन्त्रण गरेको ट्रम्पको अभियानले जनाएको छ।

ट्रम्प अभियानका प्रवक्ता स्टिभन चाङले भने– ट्रम्प छिट्टै हुने बैठकको प्रतीक्षामा हुनुहुन्छ र उहाँले उक्त फोनको धेरै प्रशंसा गर्नुभएको छ।

 

अमेरिकी राष्ट्रपति चुनावको परम्पराअनुसार वर्तमान राष्ट्रपतिले सामान्यतया नव निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउसमा निम्तो र स्वागत गर्ने गर्छन्।

राष्ट्रपति बाइडेनले अमेरिकी परम्परा अनुसार नयाँ राष्ट्रपति ट्रम्पलाई अर्को वर्ष जनवरी २० मा औपचारिक रुपमा सत्ता हस्तान्तरण गर्नेछन्। वासिङ्टन डिसीमा हुने नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा दुवै जना सहभागी हुन्छन्।

तर, सन् २०२० को चुनावबाट बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्पले यो परम्परा पालना गरेनन्। बरु उनले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हालेका थिए तर जितेनन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सम्बन्धित

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेपालको निर्वाचनमा डार्क पीआर: अदृश्य युद्ध, भ्रामक सूचना र लोकतन्त्रको चुनौती

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com