ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साझाको अपाङ्गमैत्री बस सञ्चालन


admin
फाल्गुन २३, २०७४ बुधबार  ६ : ०८ बजे

काठमाडौँ, २३ फागुन । साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को आज संयुक्त रुपमा प्रारम्भ गर्नुभयो ।

उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस सोही रुट हुँदै फर्कनेछ । उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।

आजदेखि सञ्चालनमा ल्याइएको उक्त बसमा ४१ सीट क्षमता रहेको छ । बसमा बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ । छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ ।

सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै गरेर १०० वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको छ र त्यसमा अपाङ्ग र बालमैत्री बस पनि हुने छन् ।”

अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साना र दुई पाङ्ग्रेलाई हटाएर ठूला सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले २०१९ सालदेखि सञ्चालन गर्न थालिएको साझा यातायात समय समयमा बन्द हुँदै पुनःसञ्चालनमा आएकामा आफू खुशी भएको बताउनुभयो । साझालाई निरन्तर दिन आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता पनि प्रमुख महर्जनले व्यक्त गर्नुभयो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकामा ठूला सवारी साधनको उच्चतम प्रयोग नहुँदा नागरिकले धेरै सास्ती बेहोर्नु परेको र साझा जस्ता बसले आगामी दिनमा यी समस्याको निराकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव वडालले साझालाई सरकारीकरण गर्न नहुने धारणा राख्नुभयो ।

हाल उपत्यका र बाहिर गरी साझाका ४७ बस सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com