ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर


एबीसी न्यूज
कार्तिक १३, २०८१ मंगलबार  १ : ३१ बजे

काठमाडौं १३ कात्तिक । युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर परेको छ । पछिल्लो युद्ध इजरायलको इतिहासकै लामो र खर्चिलो बनेको छ । पछिल्लो एक वर्षमा इजरायलले हजारौँ सुरक्षाकर्मी गाजा र दक्षिण लेबनानमा पठाएको छ । हजारौँको सङ्ख्यामा हवाई आक्रमण गरेको छ ।

आफूमाथि भएका क्षेप्यास्त्र र ‘ड्रोन’ हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिएको बीबीसीले उल्लेख गरेको छ । इजरायलका अर्थमन्त्री बेल्सालेल स्मोट्रिचले युद्धका लागि आफ्नो देशले ६० अर्ब डलर भन्दा बढी चुकाउनुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

हमास र हिजबुल्लाहविरूद्धको लडाइँले देशको अर्थतन्त्रमाथि गम्भीर असर पारिसकेको विश्लेषण गरिएको छ । अर्थमन्त्री स्मोट्रिचले संसद्लाई सम्बोधन गर्दै इतिहासकै लामो र खर्चिलो युद्धमा रहेको यसअघि बताउनुभएको थियो ।

ब्याङ्क अफ इजरायलका पूर्व गभर्नर कार्निट फ्लोगले सरकारले नोक्सानी कम गर्न कर बढाउनुपर्ने बताउनुभएको छ । अर्थविद्हरूले चुलिएको सैन्य खर्चलाई धान्ने हिसाबले खर्च कटौतीसहित सन् २०२५ का लागि बजेट प्रकाशित गर्न सरकारलाई अनुरोध गरिरहेका छन् ।

सन् २०२३ को अक्टोबर अघिसम्म इजरायलको अर्थतन्त्र बलियो हुँदै गइरहेको थियो तर युद्ध शुरु भएयता सङ्कुचित हुन पुगेको छ । ब्याङ्क अफ इजरायलले सन् २०२४ मा अर्थतन्त्र जम्मा शून्य दशमलव ५ प्रतिशतले बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)

नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com