ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली आक्रमणबाट गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० जना पुग्यो


एबीसी न्यूज
कार्तिक ९, २०८१ शुक्रबार  १२ : ४८ बजे

काठमाडौं ९ कात्तिक । विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा अहिलेसम्म सात सय ७० जना भन्दा धेरै मानिसको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले गाजामा आक्रमण शुरु गरेको थियो ।

गाजाको उत्तरी भागमा अझै दशौँ हजार नागरिक फसेका बीबीसीले जनाएको छ । त्यहाँ इजरायलले यस महिनाको शुरुदेखि सैन्य कारबाही थालेर हमासमाथि दबाब कायम राखेको खबरमा उल्लेख छ ।

आक्रमणका कारण बनेका भग्नावशेषमुनि मानिसहरू अझै पुरिएका हुनाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने नागरिक सुरक्षा निकायको भनाइ छ । इजरायलले गाजामा विद्यालय र आश्रयस्थलमा आक्रमण गरिरहेको भए पनि सेनाले भने हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताउँदै आएको छ ।

उत्तरी क्षेत्रमा अब प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई बम विस्फोट गरी मार्ने धम्की दिएको निकाय आरोप छ ।

यसैबीच गाजामा झण्डै एक वर्षको युद्धपछि इजरायलले अर्को विद्रोही समूह हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने भन्दै गएको महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)

नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com