ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको पार्टीनिकट विद्यार्थी संगठनमाथि प्रतिबन्ध


एबीसी न्यूज
कार्तिक ८, २०८१ बिहीबार  ४ : ५६ बजे

काठमाडौं ८ कात्तिक । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगनिकट विद्यार्थी सगठन ‘बंगलादेश छात्र लिग’माथि प्रतिबन्ध लगाएको छ । गत जुलाई–अगस्टमा भएको विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि ‘बंगलादेश छात्र लिग’ माथि प्रतिबन्ध लगाइएको हो ।

विद्यार्थी संगठनमाथि आतंकवादविरोधी ऐन, २००९ अनुसार प्रतिबन्ध लगाइएको बंगलादेशको गृह मन्त्रालयले जनाएको छ ।

‘बंगलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेषगरी पछिल्लो १५ वर्षको तानाशाही शासनकालमा, बंगलादेश अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षासम्बन्धी गतिविधिहरूमा संलग्न छ,’ मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ ।

यसअघि मंगलबार पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनको नेतृत्व गर्ने ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनको राजीनामासहित पाँच बुँदे माग अघि सारेको थियो । ती मागमा बंगलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने माग पनि समावेश थियो ।

त्यस्तै, उनीहरूले बंगलादेशमा सन् २०२४ को चुनाव नजिकिँदै गर्दा वर्तमान राजनीतिक वातावरणलाई प्रतिबिम्बित गर्ने संविधानको आवश्यकता परेको जनाएका छन् । ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले एक साताभित्र माग पूरा नभए पूर्ण शक्तिका साथ पुनः आन्दालेन गर्ने चेतावनीसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

सम्बन्धित

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

नेकपाको प्रतिबद्धतापत्र: कालापानी, लिपुलेक र लिम्पियाधुराबारे के भनियो ?

नेकपाको प्रतिबद्धता : अन्तरजातीय विवाह गर्ने जोडीलाई बिना धितो १५ लाखसम्म कर्जा

नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प (तस्बिरहरू)

नेकपाको वर्गीकरण : कांग्रेस–एमाले ‘यथास्थितिवादी’, ‘नयाँ शक्ति’ ‘पपुलिष्ट’ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com