ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीन विदेशी नागरिकको मृत्यु


मनिषा लामिछाने

काठमाडौं ।पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई नागरिकको ज्यान गएको जनाएको छ। एकजान गम्भीर घाइते भएका छन्।

पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजले भने तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ। यद्यपि उसले कुन देशका नागरिक हुन भन्ने खुलाएको छैन्।

विस्फोट के कारणले भएको हो भन्ने विषय अहिलेसम्म स्पष्ट  नभएको  जियो न्यूजले उल्लेख गरेको छ। विस्फोट आसपासका क्षेत्रमा समेत सुनिएको बताइएको छ।

घटना हुना साथ आपतकालीन कार्यमा खटिने उद्धारकर्ताहरुले घाइतेलाई आगलागी भएको स्थानबाट निकालेको र नजिकैको जिन्नाह अस्पतालमा उपचारका लागि भर्ना गराएको बताइएको छ।

सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले समेत उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताएका छन्।

बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ। पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएले इन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ।

बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको छ।

गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो। जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ।

अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमा बीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com