ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा


एबीसी न्यूज
माघ २५, २०८२ आईतबार  १२ : २९ बजे


लेबनानी प्रधानमन्त्री नवाफ सलामले शनिबार इजरायली आक्रमणबाट ध्वस्त भएका दुई दक्षिणी गाउँहरू यारिन र तायर हर्फामा सरकारी नेतृत्वमा पुनर्निर्माण परियोजनाहरू शुरु गर्ने घोषणा गर्नुभएको छ । दक्षिणको भ्रमणका क्रममा सलामले सरकारी समाचार एजेन्सीका अनुसार पुनर्निर्माणलाई पुनःप्राप्तिको आधारको रूपमा कार्यान्वयन गर्न शुरु गरिएको बताउनु भयो । दक्षिणी लेबनानलाई राष्ट्रिय कारणको रूपमा वर्णन गर्दै सलामले पूर्वाधार निर्माण र आधारभूत सेवाहरूको पुनस्र्थापना स्थिरता र बासिन्दाहरूलाई उनीहरूको समुदायमा रहन सक्षम बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले रिकभरी फ्रेमवर्कको रूपरेखा प्रश्तुत गर्नुभयो जसमा नगद सहयोग, निःशुल्क स्वास्थ्य सेवा र विस्थापित विद्यार्थीको लागि निरन्तर शिक्षाको ग्यारेन्टी समावेश छ । सरकारले गाउँहरूमा राम्रो अवस्थाको लागि सार्वजनिक पूर्वाधार र राज्यको स्वामित्वमा रहेका सम्पतीहरू पुनर्निर्माणमा पनि ध्यान दिनेछ ।
सलामले स्थिरता कायम राख्न लेबनानी सेनाको भूमिकाको पनि प्रशंसा गर्नुभयो । नोभेम्बर २७, २०२४ देखि हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले हिजबुल्लाहको खतरा हटाउने दाबी गर्दै लेबनानमा बारम्बार आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार घाइते

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com