ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी जोडिने गृहकार्यमा राप्रपा समूह


admin
फाल्गुन २१, २०७४ सोमबार  ७ : १२ बजे

काठमाडौँ, २१ फागुन ।   राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भई विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ता बलियो पार्टी निर्माणका लागि पुनः एकताको गृहकार्यमा जुटेका छन् ।

राष्ट्रियसभाका चुनावमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि उनीहरूले मुलुकको संरचनानुसार देशैभर पार्टीका संगठन विस्तारका लागि सक्रियता देखाएका छन् ।

हालै भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राप्रपा, राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी) भएर प्रतिष्पर्धा गरेका कारण पराजय भोगेको अनुभव तीनै दललाई छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माणको खाँचो रहेकाले एकीकृत दल बनाउन विभिन्न दलका नेतासँग अनौपचारिक छलफल शुरु भइरहेको जानकारी दिनुभयो ।

मुलुकमा बहुदलीय व्यवस्था शुरुआत भएसँगै पूर्व प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले २०४७ साल जेठ १५ गते दुई राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरेर संगठन विस्तारको शुरुआत गर्नुभएको थियो । निर्वाचन आयोगमा दल दर्ता हुँदा तिनको नाम राप्रपा(थापा) र राप्रपा(चन्द) थियो ।

समय समयमा सोही पार्टी विभिन्न भागमा छरिएर राष्ट्रियता, प्रजातन्त्र, जनताको समृद्धिको विषय उठाउँदै नेताहरूले राजनीतिक गतिविधिमा केन्द्रित हुने त कहिले एकताबद्ध भई पुराना अनुभव, धर्म तथा संस्कृतिको संरक्षणका लागि राजनीतिक आवाज उठाउँदै आएका छन् ।

विसं २०४८को आमनिर्वाचनमा राप्रपा(चन्द)बाट तीन र राप्रपा(थापा)बाट एक जना विजयी भएकामा पछि एकीकृत भएपछि प्रतिनिधिसभामा २० जना सांसदसम्म विजयी गराई नेकपा(एमाले) र नेपाली काँग्रेससँग मिली थापा र चन्द दुवै जना संसदीय प्रजातान्त्रिक प्रणालीमा प्रधानमन्त्री बन्न सफल भए । संविधासभा निर्वाचनमा तत्कालीन राप्रपा(नेपाल) र राप्रपाबाट गरी कूल ३७ जना सांसदसम्म भई दलका नेताहरु उपप्रधानमन्त्री र मन्त्रीहरु भए ।

स्थानीय तह र प्रदेशसभामा केही स्थान पाए पनि प्रतिनिधिसभा निर्वाचनमा भने झापा–३ मा मात्र वाम गठबन्धनसँग सहकार्य गरी महामन्त्री राजेन्द्र लिङ्देन मात्र राप्रपाबाट विजयी भए । तीनै दल राष्ट्रिय दल हुनबाट चुके ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बोलाएको छ । पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार एकताका गृहकार्य भइरहेको भए पनि त्यसको वैचारिक आधार प्रष्ट भइसकेको छैन ।

पूर्वपञ्चका दल एकताबद्ध भई बलियो संगठन निर्माणका लागि यसअघि पनि केही नेताहरूले प्रयत्न गरेका थिए । अहिले सबै दलका नेताले व्यक्तिगत स्वार्थ त्यागेर मुलुक र जनताको आवश्यकतालाई प्राथमिकतामा राखी एकता प्रक्रिया अगाडि बढाउनुपर्ने विचार एकीकृत राप्रपा (राष्ट्रवादी) का सहमहामन्त्री प्रदीपविक्रम राणाले व्यक्त गर्नुभयो ।

राष्ट्रिय चरित्र बोकेका संस्थाले मात्र मुलुकमा विभिन्न जाति तथा समुदायबीचको एकतालाई निरन्तर कायम राख्न सक्ने मान्यतालाई स्थापित गराउनसके चाँडो एकता कायम हुन सक्ने सोही पार्टीका नेता सुन्दर पाण्डेले बताउनुभयो ।

ती पार्टीका दोस्रो पुस्ताका केही नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिले पनि तीन वटै दलका अध्यक्षले नेतृत्व बाहिर बसेर पार्टीको अभिभावकत्व लिनुपर्ने र पार्टीको नयाँ नाम राखेर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने सुझाव दिएका छन् । तीन वटै दलको औपचारिक बैठकमा सो विषयमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

टी–२० विश्वकप क्रिकेटको सुपर–एटका खेल आजदेखि : बेलुका पाकिस्तान र न्युजिल्याण्डले खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com