ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त


मनिषा लामिछाने
आश्विन १३, २०८१ आईतबार  ८ : ३१ बजे

नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। उनले नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति पनि जनाएकी छन्।

नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताइन्।

‘यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ,’ उनले भनिन्।

फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने उनले बताइन्।

जेहेन्दार विद्यार्थीलाई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत कोर्टेभालले व्यक्त गरिन्।

कार्यक्रममा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

बंगलादेशले लोकतन्त्रको गहिरो समस्याको प्रहसन गर्दैछ : न्यूयोर्क टाइम्स

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com