ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा माफी दिने पक्षमा छैनौँ – प्रचण्ड


एबीसी न्यूज

काठमाडौं ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड ले आफूहरू ‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा नरहेको बताएका छन्।

टीआरसी विधेयकका सन्दर्भमा आज संसदमा बोल्दै प्रचण्डले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा क्षमा नहुने बताएका हुन्।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै प्रचण्डले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे।

प्रचण्डले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्‍यौं। हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं। यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्‍यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोसिसगर्‍यौँ।’

प्रचण्डले अगाडि भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता र परम्परा अनुसार स्थापित मूल्य(मान्यता अनुसार हुन्छ कि हुँदैन, किनकी सुरुका दिनहरूमा यसमा धेरै नै विवाद के भयो भने हामी एम्नेष्टिमा जाँदै छौं, हामीले गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पनि क्षमा दिँदै छौं भन्ने प्रचार पनि धेरै भयो। हामीले त्यसलाई पनि चिर्‍यौँ। हामी ब्ल्याङ्केट एम्नेस्टीको पक्षमा छैनौं, गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूको न्यायिक निरुपण गर्छौं भन्ने कुरा हामीले स्पष्ट गर्‍यौँ र यहाँसम्म आउँदा त्यस कुरामा अन्तर्राष्ट्रिय समुदायमा पनि अब कुनै भ्रम छ भन्ने मलाई लाग्दैन।’

अहिले विधेयकमाथि छलफल गर्दैगर्दा अन्तर्राष्ट्रिय समुदाय सबैको मूलभूत रुपमा सहमति रहेको भन्न पाउँदा आफूलाई खुशी र गर्वको महसुस भएको प्रचण्डले सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com