ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात ब्यवस्था बिभाग आबेदन लिन्छ तर स्मार्ट लाईसेन्स दिंदैन किन ?


sharan sharan
फाल्गुन १५, २०७४ मंगलबार   ९ : ०१   बजे

बुटवल, १५ फागुन । सरकारी कार्यालयहरुले सरकारी काम कहिले जाला घाम भन्ने उक्ती पालना गर्दा सम्म जनताले दुःख पाउने दिन सकिने छांट देखिंदैन । बुटवल स्थित यातायात ब्यवस्था कार्यालयमा स्मार्टकार्डका लागि आबेदन दिएका सेवाग्रहीहरुको स्मार्टकार्ड बिभागले नपठाईदिंदा हजारौ जनताहरुले सास्ती खेप्न बाध्य भएकाछन् ।
आफुसंग भएको सवारी अनुमतीपत्र नबिकारण, थप वा नयां अनुमती पत्र लिन बुटवल स्थित यातायात ब्यवस्था कार्यालयमा आबेदन दिएको ६ महिना बितीसक्दा पनि स्मार्टकार्ड हात नपर्दा सेवाग्रहीहरु मर्कामा परेकाछन् । यातायात ब्यवस्था बिभागले गत साउन १ गते देखि देशैभरी स्मार्टकार्ड बितरण गर्ने निर्णय गरेपछि कार्यालयहरुले नबिकरण गर्न आउने, थप गर्न आउने तथा नयां सवारी अनुमतीपत्रका आबेदन दिने सेवाग्रहीसंग स्मार्टकार्डको आबेदन लिएको थियो । तर आबेदन पठाएको ६ महिना सम्म बिभागले स्मार्टकार्ड नबपठाएपछि हजारौ सेवाग्रहरीहरु अप्ठेरोमा परेकाछन् ।
यातायात ब्यवस्था ऐनमा म्याद नाघेको ९० दिन भित्र नबिकरण गरिसक्नुपर्ने ब्यवस्था छ, तर नबिकरण सहित स्मार्टकार्डका लागि निबेदन दिएको ६ महिना सम्म कार्ड नआएपछि जनताहरु ट्राफिक प्रहरीको जरिवानामा पर्न थालेकाछन् । नबिकारणको रसिद काटेको ७ महिना सम्म लाईसेन्स नपाएपछि प्रहरीले सताउन सुरुगरेको सेवाग्रहीको गुनासो छ ।
यातायात ब्यवस्था बिभागमा बुटवलबाट मात्र ३२ हजार ९ सय ४४ जनाको स्मार्टकार्डका लागि आबेदन पुगेको छ । तर बिभागले फागुन १४ गते सम्म जम्मा २ हजार १ सय ९९ जनाको मात्र स्मार्टकार्ड छापेर पठाएको छ । ३० हजार आबेदकहरु हरेकदिन कार्यालय आउने र फर्कने गरेकाछन् । बिभागबाट कार्ड छापेर नआएका कारण बितरण गर्न नसकिएको यातायात ब्यवस्था कार्यालय, लाईसेन्स शाखा बुटवलका प्रमुख बेद प्रसाद अर्यालको भनाई छ ।
साउन, भाद्र र असोजमा आबेदन दिएका सेवाग्रहीको ९० दिन कटि सकेका कारण ऐन बिपरित सवारी चलाउन उनीहरु बाध्य बनेकाछन् । त्यसो त राजश्व दाखिला गरेको रसिद देखाए कारवाहि नगर्न ट्रफिक प्रहरीलाई भनिएको यातायात ब्यवस्था कार्यालयका प्रमुख अर्यालले बताउंछन् , तर प्रहरीले भने ९० दिन कटेको भन्दै जरिवाना असुल गर्ने गरेको सेवाग्रहीको गुनासो छ ।
आफ्नो छेमताले नभ्याउंदै देशैभरका कार्यालयबाट स्मार्टकार्ड बितरण गर्ने यातायात बिभागको निर्णय उसैको लागि घांडो बनेको छ, त्यसमा पनि कार्ड छाप्न ठेक्का पाएको कम्पनिले समयमा कार्ड नदिंदा जनताले दुःख पाएकाछन् । स्मार्टकार्डको प्रतिक्षामा रहेका देशैभरका हजारौ सेवाग्रहीको समस्यालाई समाधान गर्न सम्बन्धीत निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group