ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गरिएको रिट न्यायाधीश ढकालको इजलासमा


एबीसी न्यूज

काठमाडौं ६ साउन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिने दिन नै न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।

आइतबारै दिउँसो १ बजे बस्ने संसद् बैठकमा ओलीले विश्वासको मत लिने कार्यतालिका छ। उनले विश्वासको मत लिइसकेपछि मात्रै रिटमा आदेश हुने सम्भावना देखिएको छ।

यसअघि शपथ लिएकै दिन तीन जना कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए। इजलासको अन्तिममा पेसी तोकिए पनि आजै सुनुवाइ हुने सम्भावना छ। यसअघि तीनवटा रिटको सुनवाइ सकिएपछि पालो आउने छ।

 

नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने निर्णय संविधानसम्मत नभएको जिकिर गर्दै अधिवक्ताहरू खगेन्द्रप्रसाद चापागाईं, शैलेन्द्रकुमार गुप्ता र दीपक अधिकारी सर्वोच्च पुगेका हुन्।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ।

ओली संविधानको धारा ७६ ९२० अनुसार आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

तर सोही धारा(उपधाराअनुसार प्रधानमन्त्रीमा नियुक्त निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा ३ मा जानुपर्ने जिकिर निवेदकले गरेका छन्।

‘यदि उपधारा ९२० अनुसार नै अनन्तकालसम्म घुमिरहने हो भने उपधारा ९३० वा ९५० को प्रबन्ध आवश्यकता नै पर्दैन थियो। त्यसकारण उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीलेृ विश्वासको मत प्राप्त गर्न नसके स्वतः ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ’, रिटमा भनिएको छ, ‘राष्ट्रपति संविधानको संरक्षक हो, रक्षक हो। त्यसकारण संविधान अनुसार राष्ट्रपति चल्नुपर्छ। वैधता गुमाइसकेको धारा प्रयोग गरी सरकार गठनको आह्वान भएकोले यो संविधान माथिको हस्तक्षप हो।’

एउटा धारा फेल भइसकेपछि अर्को धारामा जानुपर्ने तर्क उनीहरूको छ। संविधानअनुसार अब राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी संख्या भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग निवेदनमा गरिएको छ। दुई पार्टी मिल्दैमा संविधानविपरीत जान नमिल्ने पनि निवेदकहरूको दाबी छ।

यसअघि गण्डकी प्रदेश सरकार पनि धारा १६८ को उपधारा २ अनुसार गठन भएको र विश्वासको मत पाउन नसकेपछि सर्वोच्च अदालतले नै १६८ ९३० अनुसार गठन गर्न आदेश दिएको नजिर पनि उनीहरूले पेस गरेका छन्।

संविधानविपरीत गरिएको केपी शर्मा ओलीको नियुक्ति बदर गर्न परमादेश पनि विपक्षीका नाममा जारी गर्न निवेदकरूले माग गरेका छन्। राष्ट्रपतिको पत्रबमोजिम कुनै पनि कार्य नगर्नरनगराउन अन्तरिम आदेशसमेत उनीहरूले माग गरेका छन्।

रिटको टुंगो तत्काल लगाउनुपर्ने भएकाले अग्राधिकारसमेत माग गरिएको छ।

ओलीलाई आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। यसअघिका प्रधानमन्त्री प्रचण्ड पनि संविधानको धारा ७६ ९२० अनुसारै प्रधानमन्त्री बनेका थिए।

तर, प्रचण्डले विश्वासको मत पाएका थिएनन्। प्रचण्ड सरकार ढलेर राष्ट्रपतिले आह्वान गरेकी दिन शुक्रबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्रीका लागि ओलीले दाबी पेस गरेका थिए।

कांग्रेस र एमालेका गरी प्रधानमन्त्रीमा ओलीलाई १६६ सांसदको समर्थन रहेको पत्र बुझाइएको थियो।

सोही आधारमा प्रधानमन्त्री नियुक्त ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिएका थिए।

त्यसैदिन ओलीले दुई उपप्रधानसहित २२ सदस्यीय मन्त्रिमण्डल पनि बनाइसकेका छन्।

यसैबीच ओलीले आजै संसद्‌मा विश्वासको मत माग्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com