ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलगत्तै चीनको भ्रमणमा बंगलादेशी प्रधानमन्त्री, २० वटा एमओयूमा हस्ताक्षर हुने


एबीसी न्यूज

काठमाडौं २४ असार । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आजदेखि चीनको चार दिने औपचारिक भ्रमण सुरु गरेकी छन्। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग अलगअलग भेटवार्ता गर्ने भएकी छन्।

यो भ्रमणमा चीन र बंगलादेशबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ। त्यस्तै, उनीहरूले केही विकास परियोजना उद्घाटन पनि गर्नेछन्।

उनीहरूबीच आर्थिक तथा वित्तीय, व्यापार, लगानी, डिजिटल इकोनोमी, पूर्वाधार विकासलगातका सम्झौता हुने बताइएको छ।

 

तर, यसअघि चर्चामा रहेको २० अर्ब डलरको ऋण सम्झौता भने नहुने विदेशमन्त्री डा। हसन महमुदले बताएका छन्।

‘सूचीमा ऋण सहमतिको कुरा छैन,’ उनको भनाइ बंगलादेशी सञ्चारमाध्यमले उधृत गरेका छन्।

घट्दो विदेशी मुद्रा सञ्चितिको समस्या सल्ट्याउन बंगलादेशले चीनसँग ठूलो ऋण मागेको बताइएको थियो।

‘हाम्रो सूचीमा त्यस्तो एमओयू छैन,’ विदेशमन्त्री हसनले भने, ‘तर, छलफलका क्रममा धेरै कुरा आउन सक्छ। हाम्रो विदेशी मुद्रा सञ्चिति राम्रो छ।’

हसिनाको यो पाँचौ चीन भ्रमण हो। त्यस्तै, लगातार चौथो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो चीन भ्रमण हो। जनवरी ७ मा उनी पुनः निर्वाचित भएपछि उनलाई चीनले निमन्त्रणा दिएको थियो।

गत महिना मात्र उनले भारतको दुई पटक भ्रमण गरेकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएकी हसिना लगत्तै राजकीय भ्रमणका लागि दिल्ली फर्केकी थिइन्।

सन् २०१६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बंगलादेश भ्रमण गरेपछि दुई मुलुकबीचको निकटता बढेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com