ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाथरस सत्सङ्ग भागदौडमा मर्नेको सङ्ख्या १२४ पुग्यो


एबीसी न्यूज

काठमाडौं १९ असार ।  भारतको  उत्तर प्रदेशको हाथरस जिल्लाको पुलराई गाउँमा मंगलबार एउटा सत्सङ्गमा भागदौडका क्रममा मर्नेको सङ्ख्या १२४ पुगेको छ । मृतकमध्ये ११६ जनाको पहिचान भइसकेको बताइएको छ । मृतकमा सात जना बच्चा र सयभन्दा धेरै महिला छन् । घाइतेहरूको उपचार चलिरहेको भएपनि सङ्ख्या थाहा हुन सकेको छैन ।

दिउँसो करिब डेढ बजे सत्सङ्गमा भागदौड भएको थिए । सत्सङ्ग गराउने नारायण साकार हरि उर्फ भोले बाबा अहिले बेपत्ता भएका छन् । उनको तीव्र खोजी भइरहेको छ । सत्सङ्ग आयोजकहरुविरुद्ध एफआईआर दर्ता गर्न लागिएको बताइएको छ । यस घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले एउटा बैठक बोलाएका थिए । यस घटनाको दोषीलाई कठोर कारबाही गरिने योगीले बताएका छन् ।

जानकारीका अनुसार सो सत्सङ्गमा एक देखि डेढ लाख मानिसहरू सहभागी भएका थिए । सत्सङ्गका लागि ५०–६० बिगा खेतमा पन्डाल लगाइएको थियो । सत्सङ्ग सकिएपछि मानिसहरू सबै एकैचोटी बाहिर निस्कन थाले । बाहिर निस्कने गेट साँघुरो थियो । अनि बाटोमा नाली र आसपास हिलो पनि । यसैबिच भागदौड सुरु भयो । अनि एक माथि अर्को गर्दै मानिसहरू नालीमा खसे । यस घटनामा कयौँ घाइते भएको बताइएको छ ।

सत्सङ्ग सकिने बित्तिकै बाबाको कार निस्किदै थियो । उनको पाउ छुन मानिसहरू दौडिन थालेपछि भागदौड मच्चिएको अर्का एक प्रत्यक्षदर्शीले भनेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार र घाइतेलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्रमशः २ लाख र ५० हजार भारु दिने घोषणा गरेका छन् । मुख्यमन्त्री योगीले पनि मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहायताको घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com