ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी चालकको आँखा परीक्षण गरिने


एबीसी न्यूज
फाल्गुन ११, २०७४ शुक्रबार  ८ : ३४ बजे

पोखरा, ११ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।

हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा हुने शिविरमा पोखरास्थित विभिन्न आठवटा लायन्स क्लबको आयोजना तथा आँखा अस्पतालको प्राविधिक सहयोग रहने कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिनुभयो ।

हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट इन्द्र महर्जनले चालक अनुमतिपत्र लिँदा र नवीकरणमा आँखा परीक्षणलाई कडाइका साथ लागू गर्ने हो भने दुर्घटनामा केही हदसम्म भएपनि कमी आउने बताउनुभयो ।

यस क्षेत्रमा लामो र छोटो दूरीका लगभग चार हजार सार्वजनिक यातायातका साधन तथा आठ हजार चालक र सहचालकमार्पmत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको गण्डकी धौलागिरि यातायात समन्वय समितिका अध्यक्ष पद्मबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान–अमेरिका तनावः ४५ दिनको युद्धविराम र होर्मुज पुनः खोल्ने प्रस्ताव

कांग्रेसको ‘जरा अभियान’

सम्बन्धित

सत्तापक्ष नै प्रतिपक्ष:अबको संसदीय अभिभारा रास्वपाको थाप्लोमा

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

“लचिलो यथार्थवाद” को झूटो वाचा

कार्की प्रतिवेदनः भदौ २३ को ‘विस्तृत न्याय’, २४ को नियतपूर्ण वेवास्ता !

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com