ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई मतदान केन्द्र अपाङ्ग र महिलाका भरमा


admin

बैतडी, १३ असार । अपाङ्ग र महिलाले मात्र चलाएका दुई मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएको छ ।

दशरथचन्द नगरपालिकामा अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित छजना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको फुयाँलले बताउनुभयो ।

त्यस्तै पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐर मतदान अधिकृत रहेको उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृत सडक डिभिजन कार्यालयकी कम्प्युटर अपरेटर निर्मला खनाल रहनुभएको छ । पाँच सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारीले मात्रै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने भएका छन ।

बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो । सुरक्षाकर्मी र कर्मचारीसहित तीन हजारभन्दा बढी जनशक्ति निर्वाचनका लागि परिचालन गरिएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मका लागि भारतसँग जोडिएको झुलाघाट सीमा नाका समेत बन्द गरिएको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २८३ मतदाता रहेका छन् भने ४४० पदका लागि एक हजार ६८० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com