ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोप हुँदै तामाका भाँडा बनाउने पेशा


admin
फाल्गुन ६, २०७४ आईतबार   २ : ५६   बजे

पाल्पा, ६ फागुन । पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।

मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले तामाका भाँडा बनाउने गरे पनि अहिले तामाका भाँडा बनाउने मानिस नै भेटाउन मुस्किल छ । तामा महँगो हुनु, कच्चापदार्थ, कोइला लगायतका सामान र कामदारको अभावका कारण पछिल्ला वर्षमा परम्परागतरूपले तामाका भाँडा बनाउन कठिन हुँदै आएको छ ।

पाल्पाको बगनासमा ५० घरपरिवारको मुख्य पेशाका रुपमा रहेको तामाका भाँडा बनाउने आरन अहिले देख्नै मुस्किल भएपनि स्थानीय बासिन्दा प्रेमसिंहले मात्र अहिले एक्लै पेशा धान्दै आउनुभएको छ ।

पछिल्ला वर्ष सबैले यो पेशा छोडको स्थानीय बासिन्दा मनरुपा विश्वकर्माको भनाइ छ । पाल्पा जिल्लाको खालीवन, गल्धा, हुुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरा लगायतका स्थानमा तामाका भाँडा बनाउने गरे पनि पछिल्ला दश वर्षमा यस्ता भाँडा बनाउने आरनसमेत लोप हुँदै गएको दलित अधिकारका लागि साझा अभियानका जिल्ला अध्यक्ष विष्णु नेपाली बताउनुहुन्छ ।

सरकारले दलित समुुदायका पुख्र्यौली सीपलाई आधुनिकीकरण गर्न बेवास्ता गर्दा दलित समुुदाय यो पेशाबाट विस्थापित हुन बाध्य भए । तामाका भाँडामा पानी राखेर पिउँदा स्वास्थ्यलाई लाभ हुने भएकाले कतिपयले अझैपनि तामाको भाँडा प्रयोग गर्दै आए पनि पछिल्ला वर्ष सस्तो र हलुङ्गो हुने प्लाष्टिक लगायतका अन्य भाँडाका कारण यसको प्रयोग घटदै आएको हो ।

विश्वकर्मा समुदायको प्रमुख पेशाका रुपमा रहेको यो पेशाबाट अहिले सिङ्गो समुदाय नै विस्थापित हुन बाध्य छ तर स्थानीय सरकारले दलित समुदायका परम्परात पेशालाई संरक्षण गर्नका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक भएको अर्का दलित अधिकारकर्मी खुमबहादुर विश्वकर्माको भनाइ छ । उहाँका अनुसार तामा, पित्तल, गिल्टी लगायतका भाँडा बनाउने आरनलाई व्यावसायिक बनाउन स्थानीय तहबाट पहल भए यस पेशाबाट सयौँ युवालाई रोजगार दिन सकिने सम्भावना छ तर सरकारको बेवास्ताका कारण दलित समुुदायको यो पेशा लोप हुन लागेको हो ।

सरकारले दलित समुुदायको सशक्तीकरणका लागि स्थानीय निकायबाट बजेटको व्यवस्था गरेपनी यस्ता पुख्र्यौली पेशा संरक्षणमा ध्यान नदिएको यहाँका बुढापाकाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group