ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको इतिहास लेख्न एउटा टोली बनाएर काम गरौं : भट्टराई


डा. बाबुराम भट्टराई
माघ २७, २०८० शनिबार   ८ : १९   बजे

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button
जनयुद्ध गलत, बेठिक थियो भन्ने कुरामा कहिले पनि सहमत हुन सकिँदैन । किनकी त्यो नेपाली समाजको आवश्यकता थियो । भलै माओवादी विचार, बिम्ब पनि समयानुकुल विकास गर्नुपर्छ । त्यसलाई त्यही रुपमा राखिराख्नु आवश्यक पनि छैन । त्यसले हामीलाई खास फाइदा पनि गर्दैन ।

त्यतिवेला निरंकुश राजतन्त्र थियो र, यता पुँजीवादको पनि विकास नभएको अवस्था थियो । त्यहाँ एकचोटी धक्का नदिइकन हुँदैनथ्यो । त्यसकारण हामीले त्यसलाई धक्काकै रुपमा अगाडि बढाएका थियौं ।

माओवादी जनयुद्धबारे हामी सबैले एउटा साझा बुझाइ बनाउनु जरुरी छ । आधुनिक नेपाली इतिहास (सुगौली सन्धीदेखि यता) को सबैभन्दा ठूलो राजनीतिक परिघटना भनेकै दश वर्षीय जनयुद्ध हो । यति ठूलो परिघटना नेपालको इतिहासमा भएकै थिएन । हो, त्यसमा केही कमिकमजोरी भए । कयौंको ज्यान गयो । अप्रिय कुरा थियो । कतिपयमा हाम्रो ढंग पुगेन होला, कतिपय ठाउँमा पार्टीको निर्देशनअनुसार पनि गएन होला । त्यो एउटा पार्टो हो । तर, त्यति ठूलो एउटा परिघटना भयो । त्यसकै जगमा अहिलेको परिवर्तन आएको हो ।

पुरकको रुपमा मधेश जनविद्रोह भयो । किनकी संघीयता भन्ने शब्द अनेक प्रयत्न गर्दा पनि राख्न दिइएन र हामीले पनि अलि लचिलो भएर छोड्यौं । पछि उपेन्द्र यादवजीहरूले त्यसलाई जुन ढंगले उठानुभयो, मधेश विद्रोहले संघीयतालाई साँच्चै नै अगाडि ल्यायो । त्यो एउटा पुरकको रुपमा थियो भन्ने कुरा म ठान्छु ।

त्यसैले जनजाती आन्दोलन, मधेश विद्रोह, थारु आन्दोलन लगायतका जुन आन्दोलन भए, ती मुलतः जनुयद्धको जगमै पुरकका रुपमा आएका हुन् । मूल हाँगो जनयुद्ध हो र अरु त्यसका सहायक हाँगा हुन् ।

जनयुद्ध अहिले अलपत्र जस्तो बनेको छ । जनयुद्धको एउटा आधिकारिक इतिहास पनि छैन । मानिसहरुलाई जनयुद्ध शब्द उच्चारण गर्न अप्रिय लाग्छ भने जनक्रान्ति भन्न सकिन्छ । तर, त्यतिबेला जनयुद्ध भनेका थियौं । त्यो एउटा फौजी राजनीतिक विचार थियो । अहिलेको सन्दर्भमा त्यसलाई फरक ढंगले बुझ्न र व्याख्या गर्न सकिन्छ । तर, त्यसको इतिहासलाई नै नकार्ने, त्यो एउटा अपराध नै थियो भन्ने ढंगले बुझिदिने ? हामी जनयुद्धमा लागेर यत्रो क्रान्ति गरेर आएका मान्छेहरु पनि साहसपूवर्क, शिर ठाडो पारेर त्यसको रक्षा गर्न नसक्ने । हामीले साँच्चै नै अपराधै गरिएछ क्यारे भने जस्तो । हाम्रा मुलधारका मिडिया पनि अहिले के भन्छन् भने शान्ति प्रक्रियाको मुल उपलब्धी भनेकै माओवादीलाई मुलधारमा ल्यायो रे ।

यही मुलधार भन्ने शब्दमै १२ बुँदे सहमति गर्दा हामीले कत्रो झगडा गरेका थियौं । तपाईंहरूको मुलधार गइसक्यो, अब नयाँ मुलधारमा आउने हो भनेर १२ बुदेँ सहमतिमै हामीले नयाँ मुलधार लेखेका छौं । त्यो बहस भएरै लेखिएको छ । तपाईंहरूको मुलधारमा पनि जाने होइन, हाम्रो जनवादमा पनि जाने होइन । नयाँ मुलधारमा हामी आउने हो भनेर नै १२ बुँदे सहमति शुरु भएको छ ।

वृहद् शान्ति सम्झौतायताका सबै परिघटनाहरुमा त हामी सबैको स्वामित्व छ नि । जनयुद्धलाई भलै शान्ति सम्झौता गर्दा त्यही रुपमा स्थापित गर्न सकिएन होला । तर, त्यसयता त हामी सबैको सामूहिक स्वामित्व हो । जनयुद्ध केही पनि थिएन, शान्ति सम्झौता भनेको माओवादीको निशस्त्रीकरण मात्रै थियो, आत्मसर्मपण मात्रै थियो भन्न खोजिन्छ । हाम्रो मिडियाले पनि त्यही भनेको भन्यै गर्ने । मिडियामा पछिल्लो पुस्तालाई त्यसबारे राम्रोसँग थाहा पनि छैन । जसले इतिहासको सही मुल्याकंन गर्न सक्दैन, जसले इतिहासलाई बिर्सिन्छ, त्यसले वर्तमान र भविष्यलाई सही बनाउन सक्दैन ।

माओवादी जनयुद्धले जुन उपलब्धी हासिल भएको थियो, त्योभन्दा अगाडि जान सम्भव थिएन भनेर नै हामी शान्ति सम्झौतामा आएका थियौं । तर, त्यसबाट प्राप्त गरेका उपलब्धी महान थिए । त्यसमा टेकेर नै अगाडि जाने हो । अब त्यसको अर्थ माओवादी जनयुद्धका कुनै उपलब्धी थिएनन्, त्यो पुरै गिलास खाली थियो भन्नेतिर जानतिर खोजिएको छ, त्यो सही छैन ।

हामी त मरेर जाउला, अजम्बरी हामी छैनौं । तर, नेपाली इतिहासमाथि ठूलो घात हुन्छ । ७०/८० वर्षदेखि लडेर ल्याएको उपलब्धीलाई हामीले उच्च तहमा ल्याएर संविधानसभाबाट संविधान लेखियो, त्यसमा जनयुद्धको जुन भूमिका रह्यो, त्यसलाई पछि शान्ति सम्झौताले स्वीकार पनि गरेको छ । त्यो कुराको सही इतिहास लेखिएन । त्यो ढंगले बुझिएन, बुझाइएन ।

सडकमा निस्केको जुन नयाँ पुस्ता छ, त्यो देख्दा मलाई बडो खुसी पनि लाग्छ । तर, जनुयद्धबारे उहाँहरूलाई केही पनि थाहा छैन । उहाँहरूले त्यो कुरा बुझ्नु भएन भने यसमा टेकेर उहाँहरू कसरी जानुहुन्छ ? त्यसैले जनुद्धको आधिकारिक इतिहास लेखिनुपर्‍यो भन्छु म । राजामहाराजले त इतिहास संसोधन मण्डल भन्ने बनाएर नयाँ इतिहास आफैं लेखाए भने हामी आधुनिक इतिहासको एउटा लोकतान्त्रिक आन्दोलनको इतिहास लेखौं न । विज्ञहरूलाई राखेर ०९७ सालदेखिको लोकतन्त्रको इतिहास लेखौं । त्यसमा २००७ सालदेखि २०४६ साल, माओवादी जनयुद्ध, मधेश विद्रोह लगायतको एकिकृत प्रकारको इतिहास लेखौं भन्ने मेरो एउटा आग्रह हो । त्यसको निम्ति हामीले एउटा संग्राहालय बनाउने भन्ने थियो, त्यो पनि त्यो ढंगले बन्न सकेन ।

हामी कुनै पनि आवेगमा नआइकन, हामी सबैले अहिलेसम्मका उपलब्धीको एकिकृत इतिहास लेखिनुपर्‍यो । विश्वविद्यालयमा त्यो पढाइ होस् । आउने पुस्ताले त्यो बुझुन । र, अन्तर्राष्ट्रिय रुपमा पनि त्यो स्थापित होस् ।

तर, बिडम्बना के छ भने हामी जिउँदो छँदाछँदै हुँदै नभएको कुरा आविष्कार गरेर, मान्नुहोस् यो जनयुद्ध त कुनै बैदेशिक शक्तिले गराइदिएको थियो । १२ बुँदे बाहिरबाट गराइएको थियो भन्ने कुरा लेखिदिने । म अहिले नाम लिन चाहान्न, एकजना अत्यन्तै स्थापित एकजना सम्पादकले किताब लेख्नु भएको छ । मैले उहाँलाई पटक-पटक भने, व्याख्या गर्ने कुरा तपाईंको अधिकारको कुरा हो तर तपाईंले तथ्य नै गलत लेखिराख्नु भएको छ । माओवादीलाई भारतीय सेनाले तालिम दिइरहेको छ भनेर दरबारको एउटा जर्नेलले लेखिदियो । त्यसलाई उहाँले आफ्नो किताबामा ‘कोट’ गरिदिनुभयो । त्यो अहिले अंग्रेजीमा समेत अनुवाद भएर छापिएको छ । र, अहिले सबै अन्तर्राष्ट्रिय जगतले के लेख्छ भने माओवादी जनयुद्ध र १२ बुँदे भारतले गराएको थियो । यस्तो अन्याय त गर्न पाइएन नि ।

त्यो नगर्नुहोस्, आफ्नोे तथ्यगत कमजोरी सच्याउनुहोस् भनेर पनि मैले लेखेर दिएँ । तर, उहाँले अहिले पनि त्यो सच्याइराख्नु भएको छैन । थुप्रै किताबमा त्यसैलाई आधिकारिक मानेर ‘कोट’ गरिदैछ । यसरी इतिहास कसरी बन्छ ? हामी त मरेर जाउला, तर तपाईंले असत्य कुराको विष पिलाउनुभयो । नयाँ पुस्तालाई त्यही बिष खुवाउनुभयो भने त्यसले के संस्कार निर्माण गर्छ ? के ज्ञान निर्माण गर्छ ? अनि समाज कसरी अगाडि बढ्छ ?

हामीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस भनेर मनाइरहेका छौं । त्यसमा पनि एकरुपता ल्याउनु पर्छ । फागुन १ गते जुन जनयुद्ध शुरुवात भएको थियो, त्यसलाई पनि कुनै दिवसका रुपमा मनाउँ । के दिवस भन्ने हो ? जनयुद्ध भन्दा त्यो युद्धकै शब्द त्यति रुचिकर हुँदैन भने जनक्रान्ति दिवस भनेर हामीले साझा रुपमा मनाउनुपर्‍यो । त्यत्रो मधेश विद्रोह भयो । माघ ५ गते मधेश बलिदानी दिवस भनेर मनाइन्छ । त्यसलाई मधेशी दलले मात्रै किन मनाउने ? त्यसलाई सबै राष्ट्रको किन नबाउने ? त्यही विद्रोहले संघीयता अन्तरिम संविधानमा लेखियो र यहाँसम्म आइयो भने त्यसलाई पनि कुनै एउटा दिवस राखौं । राष्ट्रिय रुपमै यी दिवसहरूको पनि मुल्यांकन गरियोस् । त्यसो हुन सक्यो भने इतिहासप्रति न्याय हुन्छ ।

(२०७७ फागुन १  मा आफैंले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको लोकार्पणमा भट्टराईले व्यक्त गरेका विचारको सम्पादित अंश ।)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

सम्बन्धित

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group