ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायमा करिब रु चार खर्बको लगानी


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ७ : ४० बजे

काठमाडौँ, ४ फागुन । मुलुकमा यातायात व्यवसायको क्षेत्रमा करिब रु चार खर्बबराबरको लगानी भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा यहाँ आज आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद सुवेदी, निवर्तमान कावा अध्यक्ष डोलनाथ खनालले अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित प्रविधियुक्त बनाउनुपर्ने तथा व्यवसायी क्षेत्रको हकहितका लागि वर्तमान कार्यसमितिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गत माघ १७ देखि १९ गतेसम्म चितवनमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

जसको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, दीपक अधिकारी, हरिशरण केसी, उपाध्यक्ष पुष्पा श्रेष्ठ, ऐनकुमार शाही, जीतबहादुर भारती, सानुकाजी प्रजापति, रामप्रसाद सुवेदी, प्रभुप्रसाद कलवार, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र महासचिव पुन्यप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपमहासचिवमा डेकनाथ गौतम र वसन्त भण्डारी, सचिवमा सुरेन्द्र सिटौला र रवि रिमाल, कोषाध्यक्ष किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त निर्वाचित हुनुभएको थियो ।

यसैगरी विभिन्न वर्गीय संयोजक, प्रदेश संयोजक, केन्द्रीय सदस्य गरी ८३ कार्यसमिति निर्वाचित भएको छ ।

विसं २०३६ साउनमा स्थापित महासंघअन्तर्गत अहिले २० लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com