ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदरमुकाम सुनसान, स्थानीय मतदान गर्न आतुर


admin

ताप्लेजुङ, १३ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै ताप्लेजुङ सदरमुकाम सुनसान बन्दै गएको छ ।

विभिन्न पेसा व्यवसाय गरी सदरमुकाम बस्दै आएकाहरु मतदान गर्न आआफ्नै गाउँ फर्किएपछि सदरमुकाम सुनसान बन्दै गएको हो । मौनअवधि सुरु हुनु पुर्व चियापसलदेखि ठूलठूला होटलसम्म दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो भने अहिले सदरमुकामवासी मात्र फाट्टफुट्ट देखिन्छन् । मौनअवधिमा भोट माग्न तथा चुनावी प्रचार गर्न नपाइने भएकाले पनि स्थानीय नेता कार्यकर्ता बाहिर निस्किएका छैनन् ।

सदरमुकामका कतिपय पसल बन्द देखिएका छन् भने खुलेका पसलमा पनि किनमेल हुन छाडेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका सबै निर्वाचन केन्द्र तथा मतदानस्थलमा मतदान अधिकृतसहितका कर्मचारी पुगेका छन् भने मतदातालाई परिचयपत्र बाँड्नेदेखि लिएर अरु तयारी तीव्ररुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानको ब्यग्र प्रतिक्षामा रहेका स्थानीयवासी पनि मतदानमा भाग लिन आतुर देखिएका छन् । असारे चटारो भएपनि मतदानमा भाग लिन स्थानीय आतुर देखिएका हुन् । जिल्ला बाहिर रहेका मतदाता पनि आफ्ना काम धन्दा छाडेर मतदानका लागि जिल्ला भित्रने क्रम बढ्दो छ । सिक्किम, दार्जिलिङ, तराईका जिल्ला र राजधानीमा बसोबास गर्दै आएका आफ्नै गाउँघरमा मतदानका लागि फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com