ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धको २३ वर्षमा नयाँ राजनीतिक ध्रुविकरण


एबीसी / संवाददाता
फाल्गुन १, २०७४ मंगलबार  १० : ४२ बजे

तत्कालीन नेकपा माओवादीले आजभन्दा २३ वर्ष अगाडि अर्थात् २०५२ साल फागुन १ गते जनयुद्धको शंखघोष गरेको थियो । जसको नारा थियो “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ” उक्त नारालाई मुल मन्त्र बनाई जनयुद्धको शुरुवात गरिएको थियो । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका तत्कालिन राज्य सत्ताका बरबरदमन गर्ने चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा गरेर सुरुवात गरिएको थियो जनयुद्ध । नेपाली जनयुद्धले दशवर्षमा नेपाली समाजमा युगान्तकारी उथलपुथल ल्याइदियो । साँच्चै जनयुद्धका ती दशवर्ष नेपाली समाजका तीव्र रुपान्तरणकारी वर्षहरु थिए । युगौदेखिको सामन्ती समाजलाई जरैदेखि हल्लाइदिएको थियोे जनयुद्धले ।

साम्राज्यवादीहरुले संसारभरि ‘विचारको अन्त्य’, ‘इतिहासको अन्त्य’ भएको व्यापक दुस्प्रचार तथा ‘भूमण्डलीकरण’, ‘उत्तर आधुनिकतावाद’ को दवदवा भइरहेको बेलामा नेपालजस्तो सानो देशमा जनयुद्ध सुरु गर्ने र यसलाई निरन्तरतामा विकास गरेर जनयुद्धलाइ अगाडि बढाउनु सामान्य कुरा थिएन । विश्वभरि क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा भएको त्यो विद्रोहले संसारभरका श्रमजीवि शोषित–पीडितहरुलाई उत्साहित र उत्प्रेरित गरेको थियो ।

महान युद्धमा होमिएका हजारौंको योद्धाको शहादत, घाइते, बेपत्ता र कष्टपूर्ण जेलनेलको मूल्य चुक्ता गर्न तयार रहदै महान योद्धाहरुले बगाएको रगत, आँसु र पसिनाको तागतमा तत्कालीन माओवादी जनयुद्ध रणनीतिक रक्षा, रणनीतिक सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनाको कार्यान्वयनको चरणसम्म पुगेको थियो । प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी रणनितीका साथ माओवादी जनयुद्ध अगाडि बढेको थियो । प्रत्याक्रमणको दोश्रो योजनाको प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाको थानकोट, दधिकोट, पाल्पाको सदरमुकाम तानसेन, सुनवल, धनगढी, नेपालगञ्ज लगायतका मोर्चामा माओवादीले आफ्नो यात्रामा विजय हासिल गरेको थियो ।

२०५७ साल पुस ५ गते पहिलो रुकुम जिल्ला जनसरकारको औपचारिक घोषणा गरेर प्रारम्भ गरेको जनसत्ताको अभ्यास दुई तिहाइभन्दा बढी जिल्ला र देशभरि आठ वटा जातीय\क्षेत्रीय सरकार समेत संचालनमा ल्याएको थियो । मगरात, थारुवान, मधेशी, तमु, तामाङ, भेरी कर्णाली, सेती महाकाली, किरात जनसरकारहरु र केन्द्रमा संयुक्त क्रान्तिकारी जनपरिषद् जनसरकारका संरचना थिए । उक्त सरकारको रक्षार्थ र केन्द्रीय सत्ता कब्जा गर्नै उदेश्यले तत्कालीन माओवादीले सात डिभिजनसम्मको सेना निर्माण गरि सकेको थियो ।
२०५८ सालसम्म माओवादीले देशमा वलियो मानिएको प्रहरीलाई पराजित गरिसकेका थिए ।

त्यसपछि माओवादीलाई दवाउन सेनाको प्रयोग कसले गर्ने भन्ने विवादका कारण गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिए । दाङमा सैनिक व्यारेक कब्जा गरेपछि जनयुद्धले निर्णायक मोड लियो । त्यसपछि तीन महिनामा नै माओवादीलाई सिध्याउने घोषणा माओवादी विरुद्ध सेना परिचालन गरियो । माओवादीविरुद्ध तत्कालिन शाही सेना प्रयोग गर्ने कुराको विरोधमा खासगरी तत्कालीन एकता केन्द्र र नेमकिपा मात्र थिए ।

जति नै दमन गरे पनि माओवादीको विस्तार नघटेपछि राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रमा मत विभाजन भयो । तत्कालीन राज ज्ञानेन्द्र हाल देशका प्रधानमन्त्रि शेरबहादुर देउवामार्फत् माओवादीविरुद्ध खनिए । माओवादीसँग लड्न संकटकाल थप्ने कि नथप्ने विवादमा संसद विघटन र कांग्रेसमा विभाजनसम्म भयो । गिरिजाप्रसाद कोइराला त्यतिबेलासम्म माओवादीलाई समेत समेट्ने गरी राज्यको पुनर्संरचना गर्नुपर्छ भन्ने मत राख्ने अवस्थामा पुगिसकेका थिए ।

वीरेन्द्रको बंशनासपछि राजा बनेका ज्ञानेन्द्रले गिरिजाको प्रस्तावलाई तुहाउन कांग्रेसकै अर्का नेता शेरबहादुरलाई काखी च्यापेर संसद विघटन गरी संकटकाल लगाए । देउवाले संसद विघटन गरेर घोषणा गरेको चुनाव माओवादीको एकपछि अर्को फौजी सफलताका कारण संभव थिएन, त्यसैले देउवा सरकारले चुनाव पछि सार्ने सोंच बनायो । ज्ञानेन्द्रले चुनाव गराउन नसकेको निहुँमा २०५९ साल असोज १८ गते देउवाको सरकारलाई हटाए । उनको ठाउँमा पूर्व पञ्च लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालाई ल्याएर नयाँ प्रयोग गरे र पछि उनैलाई सरकारको नेतृत्व दिए । तीनले पनि चुनाव गराउन नसकेपछि ‘माघ १९ मा घोर प्रतिगामी कदम चाल्न पुगे । अन्ततः त्यही नै उनको पतनको देखिने कारण बन्यो ।

माओवादीले दश वर्षको लडाईंले गणतन्त्रात्मक चेतनालाई देशभरि जबर्जस्त स्थापित ग¥यो । सामन्ती रुढिवादी संस्कृति, जमिन्दारी प्रथा, ठालु मुखिया प्रथा, जरैदेखि उखेलिन सुरु गरेका थिए । जुवातास, रक्सी जस्ता विकृतिजन्य कुराहरु हटेर गएका थिए । घरबाट असुरक्षित हुने डरले ननिस्कने र अवला भनेर हेपिने महिलाहरु जनसेना, पार्टीमा झण्डै ४० प्रतिशतको हाराहारीमा सहभागी थिए र जनसत्ता, उद्योगहरुमा ५० प्रतिशत भन्दा बढी संख्यामा संलग्न थिए । समाजमा घृणित छुवाछुत प्रथा नष्ट हुँदै गएका थिए । सबै उत्पीडित र उपेक्षित जनताले वास्तविक मुक्तिको अनुभूत गरेका थिए । जनयुद्धको क्रममा नयाँ जनसंस्कृतिको जग बसाल्ने कोशिसहरु भएका थिए । तर जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी नेतृत्वले चर्चित चुनुवाङ बैठकपछि लिएको ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यनीतिपछि जनयुद्धले फरक मोड र बाटो समात्न पुग्यो । जनयुद्ध दश वर्षको पूर्वसन्ध्यामा माओवादी–संसदवादीबीचको १२ बुँदे समझदारी र माओवादीका तर्फबाट एकतर्फी युद्धविरामले तत्कालीन शाही सत्ताविरुद्ध नयाँ ढंगको समीकरण बनेको थियो ।

त्यसैको जगमा ०६२\०६३ को १९ दिने सडक आन्दोलन सम्भव भएको थियो । बाह्र बुदेँ सम्झौतामै टेकेर अढाईसय वर्षदेखिको सामतन्ती एकात्मक राजतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने घोषणा गरियो । राज्यसत्तामा पूर्ण समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइयो । त्यहाँसम्म आइपुग्दा माओवादी आन्दोलनले दशवर्षको जनयुद्धमा प्राप्त उल्लेखित महान उपलब्धिहरु आधार इलाका, स्थानीय सत्ता, जनमुक्ति सेना, जनकम्युन, जनसंस्कृति सबै गुमाउने स्थिति बन्यो र ०६३ मंसिर ५ मा भएको विस्तृत शान्तिसम्झौतासँगै जनयुद्धको अन्त्य गरियो र जनयुद्धको बलमा आर्जित माओवादी आन्दोलनको शक्ति संचित गर्न सकने माओवादी आन्दोलनको शक्तिमा क्षयीकरण बढ्यो र शान्तिप्रक्रियाको पछिल्लो दशकमा माओवादी टुटफुट, विभाजन र तितरबितर बन्न पुग्यो । प्रतिक्रान्ति हावी भयो । माओवादी आन्दोलन पूरै रक्षात्मक स्थितितर्फ धकेलियो । आज जनयुद्धको तयारीको क्रममा सँगै मनाङका गणेश गुरुङकोमा हतियार किन्न गएका प्रचण्ड, बादल र देव गुरुङहरु अहिले एउटै पार्टीमा छन् ।

२०४५ सालमा पार्टीका सैन्य दस्तावेज, एउटा पेस्तोल जुन लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएका थिए र १० लोला जिलेटिन शरीरमा लुकाएर गोरखा जाँदै गर्दा मुग्लीनको पुल तरेपछि तनहुँको डिएसपी र सिडिओद्वारा भएको खानतलासीमा बलबल बाँचेका प्रचण्ड र बादलहरु दुई पटक को संविधान सभाको निर्वाचन बाट नेपालको संविधान २०७२ दिन सफल’ सफल भए तर । माओवादी आन्दोलनका दाशनिक तथा सौन्दय चिन्तक मोहन वैद्य किरण र सिर्जनशिल माक्र्सवादको कुरा गर्ने बाबुराम भट्टराईहरु पनि उत्तर दक्षिणतिर फर्केका छन् । माओवादी आन्दोलनका प्रभावशाली युवा नेता भनिने नेत्रविक्रम चन्द विप्लव फरक फरक बाटो हिडिरहेका छन् ।

 

हिजो प्रतिक्रियावादीहरु कागजी बाघ हुन भन्ने यी नेताहरुले शान्तिप्रक्रियाको १३ प्रतिक्रियावादीहरुसँग राम्रै संगत गरेका छन् । त्यो संगत र अनुभवलाई युद्ध र शान्तिकालका दुईदशकको निर्मम समीक्षा गर्दै दशवर्षे जनयुद्धको जगमा नेपाली जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्ने देखिन्छ । पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको नया मोडले वर्षौ देखीको नेपाली जनताको चाहानलाई पुरागर्ने संकेत गरि रहेको छ । एमाले र माओवादी दुवै पार्टी माक्र्सवादी लेनिनवादी विचार मान्ने कम्युनिस्ट पार्टी हुन् ।

दुवैको सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसका साथै एमालेको सिद्धान्त माओवीचारधारा पनि हो इतिहासलाई फर्केर हेर्ने हो भने । माओवादी सशस्त्र युद्धबाट आएको पार्टी हो यसले युद्ध र शन्तिप्रक्रियाबाट एउटा आधार बनायो । एमाले पनि ०२८ सालको झापा सशस्त्र संघर्षबाट जन्म भएको पार्टी हो । दुई पार्टी सशस्त्र संघर्षबाट जन्मभई शान्तिपूर्ण राजनीतिमा आएका कारण पनि यी दुईमा समानताहरू छन् । दुई पार्टी सशस्त्र संघर्षबाट शान्तिपूर्ण संघर्ष हुँदै प्रतिस्पर्धात्मक व्यवस्थामा आइपुगेको छ । यसका कारण दुई पार्टीका इतिहास एकै प्रकारबाट सुरु हुँदै यहाँसम्म आएको छ । त्यसले पनि यिनीहरूको मिलन विन्दु स्वभाविक छ ।

यसमा अस्वभाविक मान्नु पर्दैन । इतिहास आजको मात्र होइन हिजोका पनि हेर्नुपर्छ । त्यस्तै अब गणतन्त्रलाई संस्थागत गर्ने, वाम गठबन्धनको जनमतलाई बचाएर देशलाई समृद्धितिर लैजाने सवालमा नेपाली कांग्रेस फेल भएको र यी दुई पार्टी प्रगतिशील भएका कारण मुलुकलाई प्रगतिको बाटोमा लैजान पनि दुई पार्टीका बीचमा एकता गर्ने कुरा प्रगतिशील कदम हो । यो नेपालको वर्तमान राजनीतिक परिस्थिति र जनताका भावनाअनुसार सही छ । यसका विरुद्धमा जानु भनेको जनतको जनमतका विरुद्धमा जानु र नेपालको प्रगति र समृद्धि नचाहनु पनि हुनेछ । त्यसैले छिटो निकर्षमा पु¥याउदै देश र जनताका पक्षमा कामगर्न सक्ने वातावरण बन्दै पाँच वर्ष स्थायी सरकारको जग वस्न पाओस देश विकास तर्फ अगाडी बढ्न सकोस र नेपाली जनताले विकासको अनुभुति गर्न पाउन विगतका घटनाहरुबाट पाठ सिक्दै नेपाली इतिहासमा दुई पार्टी विचको एकता साच्चिकै २१ शाताब्दीको देश बनाउन सके मात्र जनताले दिएको जनमतको कदर हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com