ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दर्जन केन्द्रीय नेताले मोरङबाट मतदान गर्ने


admin

मोरङ, १३ असार । मोरङका दुई दर्जन केन्द्रीय नेताले मोरङका विभिन्न ठाउँबाट मतदान गर्ने भएका छन् ।

काँग्रेका नेता डा शेखर कोइराला, काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा डिला सङ्गौला, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य एव्म पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा माओवादी केन्द्रका पूर्व सचिव एवम् पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मोरङका विभिन्न ठाउँबाट मतदान गर्नेछन् ।

यसैगरी, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोपी अछामी, पोलिटब्युरो सदस्य हेमकार्की, कुशल लिम्बू, शिवकुमार मण्डल, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, डा शिवमाया तुमबाहाम्फे, एमाले केन्द्रीय सदस्य गुरु बराल, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार टङ्क गिरीलगायतले पनि यहाँबाट मतदान गर्नेछन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईका अनुसार सुजाता कोइरालाले आदर्श स्कुलको मतदान केन्द्र र डा मीनेन्द्र रिजालले पोखरीया स्कुल मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मत खसाल्नु हुनेछ ।

माओवादी केन्द्रका पूर्वसचिव एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रबाट मतहाल्नु हुनेछ, माओवादी पोलिटब्युरो सदस्य शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्नु हुने सो पार्टीले जनाएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नु हुनेछ ।

त्यस्तै, अन्य नेतामा डा डिला सङ्ग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चलल इन्चार्ज जीवन घिमिरे तीनटोलीया मतदान केन्द्र, गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नुहुनेछ । डा शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्नुहुनेछ ।

यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय सल्लाहकार टङ्क गिरीले विराटननगर–१३ को नारायण प्रावि मतदान केन्द्र, कुशल लिम्बूले मिक्लाजुङ मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले टङ्कीसिनवारीको नरग्राम माविबाट मतदान गर्ने छन् ।

त्यसैगरी, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदारले रमाइलोको जनसेवा मावि मतदानकेन्द्रबाट मतदान गर्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com