ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो -९ डिग्री सेल्सियस चिसोमा ३ माइल हिँडेर विद्यालय जान्छन्


admin
माघ २८, २०७४ आईतबार  ४ : ३५ बजे

काठमाडौं, २८ माघ । पढाईप्रतिको लगनशिलता कस्तो हुनुपर्छ भनेर हेर्ने हो भने चीनको एक बालकले देखाएको लगावलाई हेरे पुग्छ । चीनको युनान प्रान्तको जुहानशानबाओ प्राइमरी स्कूलमा पढ्ने एक बालक माइनस ९ डिग्री सेल्सियस चिसोमा लगभग ३ माइल टाढा शहरमा रहेको आफ्नो विद्यालयमा पढ्न जान्छन् ।

हाल हिँउले सेताम्मे भएको शहरको बास्ता नगरी उनी काठ्यांग्रीने जाडोमा परिक्षा दिनको लागि विद्यालय गइरहेका छन् ।

उनको सोही लगनलाई देखेर स्कूलका प्राध्यापक फु हेंगले उनको फोटो सहितको कथा इन्टरनेटमा हालेका थिए । सो बालकको कथा समाजिक सञ्जालमा भाइरल भएपछि विश्व भरिका मानिसहरुले उक्त बालक र अरु त्यस्तै स्थितिमा रहेका बालकहरुलाई सहयोग गर्ने इच्छा जताएका थिए ।

सामाजिक सञ्जालमा उक्त बालकलाई अहिले ‘आइस ब्वाई’ को नामले चिनिन थालेका छन् ।
प्रधानाध्यापक फु हेंगले उनको पढाई प्रतिको लगनलाई देखेर आफु निकै नै प्रभावित भएको बताएका छन् । भिडियो भाईरल भएपछि सो विद्यालयले १५ हजार डलर र २० वटा हिटर सहयोग स्वरुप पाएको छ।

हेरौ ती बालकका तस्बिरहरु:

विद्यालयका प्रधानाध्यापकका अनुसार अन्तिम परिक्षाको पहिलो दिन मात्र ३० मिनेटमा तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेको थियो । स्कूलबाट धेरै टाढाको गाउँमा बस्ने ती बालक जब टाउको भरि सेतै हिँउ लिएर कक्षाकोटा भित्र पस्दा उसका १६ जना साथीहरु एकैचोटी हाँसेर उसलाई ‘क्लास क्लाउन’ भन्दै जिस्काएका थिए । साथै उनले गाउँमा हजुरआमा र दिदीसँग गरिबीमा बाँचीरहेको उक्त बालकमा सकारात्मक धारण भएको बताएका थिए ।

हुन त हामी सबै त्यस्तो नहौला तर क्लास बंक गरेर ठुलो काम गरे भन्नेहरु एकपल्ट विचार गर्ने होकि ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com