ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्समा संकटकाल लागु


admin
माघ २३, २०७४ मंगलबार  ४ : ३९ बजे

काठमाडौं, २३ माघ । माल्दिभ्समा संकटकाल लागु गरिएको छ । गएराति माल्दिभ्सको राष्ट्रपति कार्यालयले १५ दिनको लागि संकटकाल घोषणा गरेको जनाईएको छ ।
यससंगै भारत, अमेरिका तथा बेलायतले माल्दिभ्स सरकारको कदमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

माल्दिभ्समा केही दिनयता उत्पन्न राजनीतिक गतिरोध भारतका लागि पनि चासोको विषय भएको भारतीय विदेश मन्त्रालयले बताएको छ। विज्ञप्ती जारी गर्दै भारतीय विदेश मन्त्रालयले ट्राभल एड्भाइजरी नोटिस पनि जारी गरेको छ।

‘अर्को सूचना नआएसम्म अत्यावश्यक कामबाहेक भारतीय नागरिकलाई माल्दिभ्समा नजान सूचित गरिन्छ। माल्दिभ्समा रहेका भारतीयहरुलाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो कामकारबाही सञ्चालन गर्न तथा भिडभाडमा सामेल नहुन आग्रह गरिन्छ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌ले संकटको यो समयमा अमेरिका माल्दिभियन जनताको साथमा रहेको आश्वस्त पारेको छ। ट्विटरमा जारी सूचनामा भनिएको छ, ‘माल्दिभ्स सरकार र सेनाले कानुन, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक संविधानको सम्मान गरोस्।’

त्यस्तै बेलायतका विदेश सचिव बोरिस जोन्सनले माल्दिभ्स सरकारले तत्कालै संकटकाल हटाउनुपर्ने बताएका छन्। संकटकाल अवधिभर ठूलो संख्यामा एकै स्थानमा जम्मा हुन, सभा, समारोह गर्नसमेत रोक लगाइएको छ।

देशका आम नागरिक र विदेशीहरुको सुरक्षाका लागि माल्दिभ्स सरकार कटिबद्ध रहेको जनाइए पनि प्रतिपक्ष दलका केहि नेता, कार्यकर्ता तथा सरकारका लागि बाधक बन्नेलाई माल्दिभियन प्रहरीले पक्राउ गर्नसक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com