ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविध कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार   ८ : २८   बजे

काठमाडौँ, २२ माघ । सांस्कृतिक संस्थानले विभिन्न जातजाति, संस्कृति तथा कलासँग सम्बन्धित देशका दुर्लभ नृत्य, गीतसंगीतको संरक्षण गर्नाका साथै जुनसुकै बेलामा ती कला र संस्कृति प्रस्तुती गर्न सकिने जनाएको छ ।

सो संस्थानका अनुसार बज्रयान बौद्ध परम्परामा आधारित चर्या नृत्यसहित मञ्जुश्री, आर्यतारा, पञ्चबुद्ध तथा कुमारी, भैरवकाली, बज्रयोगीनी, तामाङ्गसेलो, साकेला, धिमाल, सतार, धिन्तामै, सोरठीलगायत ५१ प्रकारका नृत्य, गीतसंगीत, लोकगीत,आदि रहेकाछन् ।

नेपालमा लोप हुन लागेको संस्कृति, नाटक, नृत्य बाजा तथा गीतसंगीतको संरक्षण गर्ने, खोज तथा अनुसन्धान गर्ने उद्देश्य रहेको सो संस्थानले हाल सांस्कृतिक कार्यक्रम गर्ने, नाच, प्रशिक्षार्थीलाई प्रशिक्षण दिने, लोपोन्मुख कला, संस्कृति तथा नाटकको अनुसन्धान तथा खोजबिन गर्ने तथा प्रशिक्षण प्राप्त विद्यार्थीलाई विभिन्न विदेशी मुलुकमा जानका लागि सिफारिश गर्ने काम गर्दै आएको छ ।

रासससँग कुरा गर्दै संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले संस्थानले हाल नियमित रुपमा नेपाली भाषाका नाटक, नृत्य, लोकगीतजस्ता कलासंस्कृतिको प्रदर्शन गर्ने गर्दै आएको बताउनुभयो । यो वर्ष आफ्नै कार्यालय सांस्कृतिक संस्थानसहित गोकर्ण रिसोर्ट, राष्ट्रपति भवन, भृकुटीमण्डप, झापाको विर्तामोड, कैलालीको टीकापुरजस्ता स्थानमा मादल प्रतियोगिता, सार्क आर्टिष्ट क्याम्प, गोपाल योन्जन स्मृति कार्यक्रम, गजल उत्सव, नृत्य प्रशिक्षण, सडक नाटक तथा किराँतेश्वर शास्त्रीय संगीत गरी कूल ६२ वटा कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

सांस्कृतिक संस्थानमा कार्यक्रम अवलोकनका लागि आएका कर्म लामाले नेपालको कला, संस्कृति तथा दुर्लभ नाचहरुको संरक्षण गरी भावी पिँढीलाई पनि हेर्ने तथा अनुुभूत गर्ने मौका दिनु सरकार तथा कलाप्रेमीको दायित्व रहेको बताउनुभयो । उहाँले नेपालीका अतिरिक्त अन्य भाषाका वाद्यवादन, कला, संस्कृति तथा नाचलाई काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा पु¥याउनुपर्ने आवश्यकता र्आँैल्याउनुभयो ।

सो संस्थानबाट उत्पादित कलाकारहरु नाटकतर्फ घिमिरे युवराज, राजन खतिवडा, कृष्ण शाह यात्री, प्रदीप पुमा तथा नृत्यतर्फ सारंगा श्रेष्ठ, सोनी गुरुङ, मेनुका भण्डारी तथा बिमला श्रेष्ठ एवं संगीततर्फ खड्क बुढा, शिव परियार आदिले कला सेवामा योगदान गर्दै आएका छन् ।

हाल वरिष्ठ नाटककार वीरेन्द्र हमाल र खड्क बुढाले माडल तथा पञ्चनारायण महर्जनले तबला, मुनुज जोशी र शारदा सिलवालले नृत्यको प्रशिक्षण दिँदै आउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेन शाह : ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेन शाह : ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

बजेट, विद्युत समस्या र सुशासनका सवालमा राष्ट्रिय सभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन

साङ्ग्रिला संवाद २०२६ः क्षेत्रीय शान्ति र स्थिरताका लागि आसियानको केन्द्रियतामा भियतनामी राष्ट्रपतिको जोड

अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अमेरिकी रक्षामन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group