ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार  ११ : ३४ बजे

 

 चितवन, २१ माघ ।   पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले जानकारी दिनुभयो । उहाँले समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा स्थानीयवासीलाई समेत शेयर वितरण गरिएको छ । मुसहर समुदायलाई समेत समावेश गर्ने गरी काम गरेको पैसासमेत शेयरमा लगानी गर्ने गरिएको चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार अहिले सो क्षेत्रमा १५ घरमा होमस्टे चलाइएको र यहाँ दैनिक ३० जना पर्यटक बस्न मिल्ने क्षमता छ । चितवनको सौराहाबाट करिब ६ किलोमिटर पूर्वमा रहेको कठार, पर्यटकीय क्षेत्रका रूपमा विकास भएको कुमरोजसँग जोडिएको छ । आएका पर्यटकलाई घरेलु वातावरणमा बस्न र स्थानीय समुदायको मौलिक खानाका स्वादहरू उपलब्ध हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

यो वर्ष खैरहनी नगरपालिकाले रु पाँच लाख सहयोग गरेकाले सो रकमबात थप तीनवटा होमस्टे निर्माण गर्ने योजना रहेको छ । सो होमस्टेमा लोकल मासु, थारूको मौलिक परिकार घुँगी र चिचर, हाँस, माछा, ढिँडो, सिस्नुको साग र फापरको ढिँडो, अग्र्यानिक सागसब्जीको उपलब्ध हुने छन् । थारू संसकृतिसहित स्थानीय संस्कृतिमा समेत पर्यटक रमाउन सक्नेछन् । राप्ती नदी र चितवन निकुञ्जको छेवैमा रहेकाले सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । जिप र हात्ती सफारी गरेर मजा लिन सक्नेछन् ।

मचान र टावरमा बसेर वन्यजन्तु अवालोकन गर्ने व्यवस्थासमेत यहाँ छ । अहिले विभिन्न मन्त्रालय, शिक्षा कार्यालयको समूहसमेत यहाँ आइसकेको बताउँदै चौधरीले पर्यटकले सकारात्मक सुझाव दिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलन र रास्वपाको उदय षड्यन्त्रको हिस्सा : नेकपा नेताहरूको निर्वाचन समीक्षा

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

इरान–अमेरिका तनावः ४५ दिनको युद्धविराम र होर्मुज पुनः खोल्ने प्रस्ताव

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश केही बेरमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com