ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध, एमाले दुवै सदनमा उग्र


एबीसी न्यूज
असार २०, २०८० बुधबार   ४ : ४२   बजे

 

काठमाडौँ २० असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

‘प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन‚’ एमालेका सांसद रघुजी पन्तले भने, ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’

 

त्यसलगत्तै एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू ह्वेलअघि भेला भएका थिए । दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

‘प्रधानमन्त्री पनि भनौं कि नभनौं खै ?’ :  रघु पन्त

 

प्रधानमन्त्री प्रचण्डको हैसियतमा बसिरहने आधार गुमाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिबाट देश नै रोकएको भन्दै उनले देशको गरिमा मेटेको टिप्पणी गरे । ुसम्माननीय प्रधानमन्त्री पनि भनौं कि नभनौं खै १,ु सांसद पन्तले भने, ुनेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले बनाउँछ रुु

सांसद पन्तले प्रधानमन्त्री दाहालको राजीनामा पनि माग गरेका थिए । यस्तै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएको बताएका थिए ।

प्रधामन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको अभिव्यक्ति दिएसँगै राजनीतिक वृत्तमा उनको चौतर्फी आलोचना भइरहेको छ ।

पन्तले संसद्‍ बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै राजीनामा नआएसम्म संसद अगाडि बढ्न नसक्ने भनेपछि रास्वपा, राप्रपा लगायत दलका सांसदहरू पनि सिटबाट उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक नियमित रुपमा सञ्चालन गर्न खोजे पनि सांसदहरूको विरोधले संसद्‍ बैठक अवरुद्ध भयो ।

बुधबार नै राष्ट्रिय सभा बैठक पनि एमालेका सांसदले विरोध जनाउँदा अवरुद्ध भएको छ । त्यहाँ पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध गरिएको हो ।

बैठक सुरु भएदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राजीनामा माग गरेका थिए ।

दाहालले समय लिएर बोल्दै प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको भन्दै आपत्ति जनाएका थिए । दाहालले आफ्नो कुरा राखेपछि अन्य सांसहरू पनि आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री दाहालले भने यसअघि नै सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका थिए ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गरेको र त्यसका लागि धेरैचोटि दिल्ली गएको प्रतिक्रिया दिएका थिए ।

 

प्रितमसिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले गरेको बबन्डरको बेलुन फुट्दैछ : प्रधानमन्त्री प्रचण्ड

प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group