ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रितमसिंहबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षीले गरेको बबन्डरको बेलुन फुट्दैछ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

 

 

काठमाडौँ २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् ।

बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक (रोड्स टु द भ्याली’ः द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल ) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई बताएको कुरा आफूले बोलेको सामान्य चर्चा भन्दै त्यसैलाई के निहुँ पाउँ कनिका बुकाउँ भनेजसरी बबन्डर मच्चाउन खोजिएको बताएका छन् ।

 

आफूले पुस्तक विमोचन कार्यक्रममा सिंह सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट गरेका छन् ।

प्रधानमन्त्रीले यस्ता वाहियात हल्लाका बेलुनको बबन्डर चाँडै फुट्ने पनि दाबी गरे । यस प्रकरणले विपक्षीमा पूर्वाग्रह देखिएको समेत प्रधानमन्त्री भनाइ छ । ‘अब आज म सुन्दैछु, एउटा किताब विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उनले बोलेको । मैले भनेँ उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरूसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उनको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबन्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिट्टै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले स्पष्ट गरे ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार प्रचण्डले बोलेको कुरामा विपक्षी दल एमालेले संसदमा जबाफ माग्ने निर्णय गरेको छ ।

चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने
फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले चाँडै नै माओवादीहरू एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन सुरु गर्ने दावी गरेका छन् । जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने उनको भनाइ छ । आफूहरूले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिटभन्दा बढी जित्ने दाबीसमेत प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।
प्रचण्डले सबै माओवादीहरु एउटै केन्द्र र एउटै संगठनमा आउन लागेको बताएका हुन् ।  ‘ हेर्र्दै जानुहोला केही समयभित्र सबै माओवादीहरु एउटै केन्द्रमा आउने छन् । सबै संगठनहरु एउटै केन्द्रमा बन्ने छन्’ प्रचण्डले भने, ‘हामी पहिलाभन्दा अझ परिपक्क भएर एकता र धुर्वीकरण हुनेछौं ।’ हिजो प्रतिक्रियावादीहरुको घेरा हाल्ने, भ्रम छर्ने र सखाप गर्ने रणनीतिबाट आफुहरुले सिकेको पनि प्रचण्डले बताए ।

‘हिजो प्रतिक्रियावादीहरुले घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने हुन्थ्यो । हाम्रा सिङ, दाह्रा छन् । उनीहरु अपराधी हुन् भनेर यति धेरै गरिन्थ्यो । हामीलाई सखाप पार्ने अभियान थियो’ प्रचण्डले भने, ‘हामी घेरा तोड्ने, भ्रम छर्नेहरुको प्रतिवाद गर्ने र प्रतिरोध गर्ने हुन्थ्यो । त्यो रणनीतिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । अहिले पनि सामान्त, जाली फटाहहरुको त्यहीँ नीति छ ।’ माओवादीविरुद्ध षड्यन्त्र गर्नेलाई शान्तिपूर्ण रुपमा घेरा तोड्ने, भ्रम चिर्ने र प्रतिवाद गर्नुपर्ने प्रचण्डले बताए । प्रतिक्रियावादी र माओवादीबीच चलेको यो द्वन्द्व वर्ग संघर्ष भएको प्रचण्डले दाबी गरे ।

प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com