ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा विमानस्थल निर्माणका लागि सर्वेक्षण सुरु, हर्षित स्थानियबासी


admin
माघ १८, २०७४ बिहीबार   ३ : ५१   बजे

धनकुटा, १७ माघ । धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न विस्तृत सर्वेक्षणको काम सुरु भएको छ। विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशक पछि सर्वेक्षणको काम सुरु भएसंगै स्थानीय उत्साहित भएका छन्।

वि.सं. २०२२ सालमा पहिलो पटक विमानस्थल निर्माणको चर्चा चलेको धनकुटाको बेलहारामा ५२ बर्ष पछि विस्तृत सर्वेक्षणको काम सुरु भएको हो।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ ईन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण सुरु गरेका हुन्।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणको स्थलगत अध्ययन गरिसकेको छ । पहिलो चरणबाटै टोपोग्राफि सर्बेगरी ५० सिट क्षमताको विमान उडान भर्नका लागि आवश्यक जमिनको सर्वेक्षण गरी मन्त्रालयमा पेस गर्ने ईन्जिनियर गुरु दत्त अधिकारीले जानकारी दिए । उनले भने, ‘सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी ६ महिनाभित्र डिपिआर तयार हुनेछ।’

(धनकुटाको बेलहारा)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा २०७३ सालमा मन्त्रीपरिषद् बैठकले विमानस्थल बनाउने सैद्धान्तिक सहमति दिएसंगै धनकुटामा विमानस्थल निर्माणको बाटो खुलेको थियो।

पटक पटकको सर्वेक्षणमा उपयुक्त देखिएको धनकुटाको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थपकार्य अगाडि बढाउन सकेको थिएन।

तर, स्थानियको पटक पटकको डेलिकेशन पछि २०७३ साल माघ ९ गतेको मन्त्रीपरिषद बैठकले बेलहारामा विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पूर्व सभासद हेमराज भण्डारीले जानकारी दिए।

विगत पाँचवर्ष अघि नै बेलहारा डाँडामा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरि सिफारिस गरेको थियो। प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गरि विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको हो।

त्यसबेला धनकुटा नगरपालिकाको फौजेटार, महालक्ष्मी नगरपालिकाको घुमाउने र छथर जोरपाटी गाउँपालिकाको मुड्के आहालेको पनि सर्वेक्षण भएको थियो । तर धनकुटाको बेलहारा प्राविधिक हिसाबले उपयुक्त रहेको निष्कर्ष सहितको सिफारिस पत्र मन्त्रीपरिषद्मा पेस भएर स्वीकृति भएको थियो।

तर, त्यतिबेला साना विमानको लागि मात्रै संर्बेक्षण भएको भन्दै स्थानीयले मध्यमस्तरको विमानस्थल निर्माण गर्नुपर्ने माग राखेपछि पुन सर्बेक्षण गरिएको हो।

मध्यमस्तरको विमानस्थलनिर्माण गर्दा ४० देखि ५० घर विस्थापित हुने बताइएको छ। उनीहरुको पुर्नवासको लागि धनकुटा नगरपालिका सहित धनकुटाका स्थानीयतह, प्रदेस सरकार र केन्द्रिय सरकारसंग पहल गरी ब्यवस्थापन गरिने धनकुटा ९ का वडाध्यक्ष सन्दीप रायमाझीले बताए।

विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केही भाग र धनकुटा तथा तेह्रथुम जिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ। यो प्रस्तावित विमानस्थल विराटनगर वाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माईल टाढा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group