ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा


एबीसी / संवाददाता
बैशाख १७, २०८० आईतबार   ६ : १२   बजे

बागमती, १७ वैशाख । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताए ।

“देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शंकाको वातावरण सिर्जना भएको हो”, उनले भने । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उनले बताए । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उनले भने । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सभाध्यक्षसमेत रहेका बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक मधुसुदन पौडेल, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, पूर्वउपसभामुख पुष्पा भुसाल, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका सल्लाहकार धर्म स्वर्णकारलगायतले दिगो विकासका लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्य तथा कानुन निर्माणका विविध पाटाका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group