ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखालाई सांस्कृतिक पर्यटन नगरीका रुपमा विकास गर्नुपर्ने : महासचिव पोखरेल


admin
माघ १६, २०७४ मंगलबार  ७ : १८ बजे

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले टोखालाई सांस्कृतिक पर्यटन नगरीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

(टोखा मन्दिर)

आज टोखा संस्कृति सम्पदा संरक्षण दबूले आयोजना गरेको ‘टोखाको मौलिक संस्कृति, सम्पदा संरक्षण तथा पर्यटन विकाससम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो –“टोखाको पहिचान संस्कृति रहेकाले यसलाई सास्कृतिक पर्यटन नगरीको रुपमा विकास गर्नुपर्छ ।”

महासचिव पोखरेलले टोखामा रहेका सांस्कृतिक सम्पदा संरक्षण गर्नमा आफूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिदैं टोखालाई धार्मिक सर्किट रुपमा विकास गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाँच वर्षमा टोखाको विकासको मुहार फेरिने बताउँदै उहाँले “टोखामा रहेका धार्मिक सम्पदाको रक्षा गर्नका लागि स्थानीयवासी एकजुट हुनुपर्छ”, भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सांसद दीपक निरौलाले टोखाको विकासका लागि टोखावासी आफैँ लाग्नुपर्ने बताउँदै टोखालाई अन्य नगरपालिकासँग जोड्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको मौलिकता मास्न दिनु हुँदैन भन्दै यसको गुरुयोजना निर्माण गरेर टोखामा रहेका सम्पदाको संरक्षण गर्ने बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले टोखा आफँैमा सम्पदाको नगरी भएकाले यसको वास्तुकलालाई संरक्षण गर्नुपर्ने चर्चागर्दै भूकम्पपछि ध्वस्त भएका टोखाका सम्पदाको पुनःनिर्माणका लागि विभागले सक्रियताका साथ लागिरहेको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टोखालाई पर्यटनका रुपमा विकास गर्नका लागि होमस्टे र राम्रा होटल सञ्चालन गर्नुपर्ने बताउँदै सांस्कृतिक चाडपर्वलाई आर्थिक उपार्जनसंग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपत्यकाका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले टोखाका मौलिक सम्पदा नाश हुँदै गएको भन्दै त्यसको संरक्षणका लागि स्थानीयवासीले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा दबूका अध्यक्ष मनिराज डंगोलले कार्यपत्र प्रस्तुत गर्दै टोखाको मौलिक संस्कृति, सम्पदा, संरक्षण, प्रवद्र्धन तथा पर्यटन विकासका लागि अधिकार सम्पन्न समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com