ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुसमा


एबीसी न्यूज
चैत्र ६, २०७९ सोमबार   ९ : ०८   बजे

काठमाडौं, ६ चैत्र । चिनियाँ राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणका लागि रुस पुग्नुभएको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति सी आज सोमवार दिउँसो रुसको राजधानी मस्को पुग्नुभएको बीबीसीले जनाएको छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । उहाँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेन युद्धलगायत विषयमा वार्ता गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर सी मस्को जानुभएको चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण अवतरण चाहेको विषय सार्वजनिक भएको दुई हप्तापछि दुई देशका राष्ट्रपतिबीच वार्ता हुन लागेको हो । उहाँहरूबीच भोलि मङ्गलवार भेटवार्ता हुने कार्यक्रम छ । चिनियाँ विदेश मन्त्रालयले चीनले युद्ध अन्त्यको विषयमा रचनात्मक ढङ्गले वार्ता गर्ने उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति रुस गएको विषयलाई बेलायतले पनि स्वागत गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले युक्रेनको सार्वभौमसत्ताको रक्षाका लागि चीनले गर्न थालेको पहलप्रति बेलायत पनि सकारात्मक रहेको बताउनुभएको बीबीसीले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनसँगको भेटपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group