ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको बगर सदुपयोग गरि पचास लाख आम्दानी


admin

(उखु रोप्न बगरमा मल हाल्दै कृषक)

कञ्चनपुर, १५ माघ । नदीको बगरमा उखुखेती गरी कञ्चनपुरका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।

पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरेका छन् ।

बगर अहिले उखुखेती कारण हराभरा भएको छ । लालझाडीका गंगाराम चौधरीले भन्नुभयो, “गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएका छौँ ।”


किसानलाई उखुखेती गर्नतर्फ डो-याउनका लागि नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गरिँदै आएको छ ।

एमरेड परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार सन् २०१५ मा ६७ बिघा बगरमा सात हजार ७५ क्विन्टल, सन् २०१६ मा ४१ बिघामा ११ हजार ७०७ र सन् २०१७ मा १०१ बिघामा १२ हजार ४५० क्विन्टल उखु उत्पादन भएको थियो । सन् २०१८ मा १६ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ ।

वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा रु २६ लाख २६ हजार, सन् २०१६ मा रु ४४ लाख ७६ हजार र सन् २०१७ मा रु ४९ लाख ८० हजार आम्दानी भएको थियो । चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानले रु ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ ।

उखु बाली विस्तार र प्रवद्र्धनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले महाकाली चिनीमिल, उखु उत्पादक किसान हकहित संरक्षण समिति, स्थानीय सहकारी र कृषि विकास कार्यालयसँग लिखित सम्झौता गरी उखु खेतीको तालीम र कृषिऔजार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com