ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई द्वन्द्वतर्फ धकेल्न केही तत्त्व लागिपरेका छन् : उपमहासचिव पोखरेल


एबीसी / संवाददाता
फाल्गुन २२, २०७९ सोमबार  ६ : ४५ बजे

महोत्तरी, २२ फागुन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले मुलुकलाई द्वन्द्वतर्फ धेकेल्न केही शक्ति लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध भएको फैसलालाई संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसगँ कुरा गर्दै उनले संक्रमणकालीन न्यायका काममा ढिला भएको स्वीकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे । “द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,” उनले भने ।

कांग्रेससहितको ८ दलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमाहासचिव पोखरेलले आग्रह गरेका छन् ।  राष्ट्रपति निर्वाचनपछि राजनीतिक समीकरण परिवर्तन हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “नेपाली कांग्रेस ठूलो गल्ति गरेर ब्युझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ति दोर्‍याउँदैन ।”

८ दलीय गठबन्धनमा अझैँ  राप्रपा, राष्ट्रिय  स्वतन्त्र पार्टी थपिनेमा पनि उपमहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

शक्तिपृथकीकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससँग पुग्दा प्रकान्तरले देशलाई  फाइदा नै पुग्ने जिकिर गर्दै उपमहासचिव पोखरेलले  शक्ति  दुरुपयोग गर्ने प्रवृत्तिलाई यस्ले चेक एण्ड व्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जन्ताले खोजे जस्तो नहुँदा मूलधारका पार्टीको बहुमत  नआएको दाबी गर्दै  सरकारले  प्रणाली निर्माणलाई  चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com