ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिने एसियापावर रिक्रुटिङ कन्सल्यान्टमाथि अनुसन्धान सुरु


abc tv
फाल्गुन १५, २०७९ सोमबार  ५ : ३१ बजे

काठमाडौं । फेसबुकमार्फत आकर्षक रोजगारीको अवसर भन्दै अन्तर्वार्ता गरेका काठमाडौंको सुकेधारास्थित एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रालिमाथि अनुसन्धान सुरु भएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार मेनपावरमा छापा मारेर अन्तर्वार्ता रोकेको सो मेनपावरमाथि थप अनुसन्धान अघि बढाएको हो ।

केही दिनदेखि सो मेनपावरले फेसबुकमार्फत साउदी अरवस्थित अर्चीरोदन कम्पनीमा आकर्षक रोजगारी भन्दै विज्ञापन गरेका थिए । करिब ३ सयजना युवाहरु अन्तर्वार्ताका लागि लाइन बसिरहेकै बेला विभगको टोलीले मेनपावर कम्पनीमा छापा हानेको थियो ।

विभागले सो मेनपावरको काम करावाही रोकेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

अन्तर्वार्ताका लागि लाइनमा बसेका अधिकांश युवाले अर्चीरोदन कम्पनीका लागि अन्तर्वार्ता दिन आएको बताएका छन् । उनीहरुले फेसबुकमार्फत थाहा पाएको बताएका छन् ।

तर, मेनपावर कम्पनीले भरेको फर्ममा भने गल्फ एसिया कन्ट्याक्टिङ कम्पनी लगायतमा जानका लागि भनेर लेखिएको भेटिएको छ ।

सो मेनपावरले अर्चीरोदन कम्पनीका लागि कामदार लैजान विभागबाट पूर्वस्वीकृति नलिएको र डिमाण्ड लेटर समेत नलिएको पाइएको छ ।

विभागबाट गएको शम्भुकुमार कटुवाल नेतृत्वको टोलीले तत्काललाई अन्तर्वाता रोक्न निर्देशन दिएको छ । विभागले केही राहदानी नियन्त्रणमा लिएको छ । विभागबाट गएको टोली प्रमुख कटुवालले थप अनुसन्धान गरिने जानकारी दिए ।

सो मेनपावर कम्पनीका अध्यक्ष लालबहादुर थापाले भने आफूहरुले पूर्वस्वीकृति लिएरै अन्तर्वार्ता गरिएको दावी गरे । तर, उनले अर्चीरोदन कम्पनीका लागि पूर्वस्वीकृति लिएको कुनै कागजात भने देखाउन सकेनन् ।

पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com