ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा


abc tv

काठमाडौं । फेसबुकमार्फत आकर्षक रोजगारीको अवसर भन्दै अन्तर्वार्तामा बोलाएका एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

काठमाडौंको सुकेधारास्थित एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रा.लि.मा आइतबार बिहान छापा मारेको हो ।

केही दिनदेखि सो मेनपावरले फेसबुकमार्फत साउदी अरवस्थित अर्चीरोदन कम्पनीमा आकर्षक रोजगारी भन्दै विज्ञापन गरेका थिए । करिब ३ सयजना युवाहरु अन्तर्वार्ताका लागि लाइन बसिरहेकै बेला विभगको टोलीले मेनपावर कम्पनीमा छापा हानेको हो ।

अन्तर्वार्ताका लागि लाइनमा बसेका अधिकांश युवाले अर्चीरोदन कम्पनीका लागि अन्तर्वार्ता दिन आएको बताएका छन् । उनीहरुले फेसबुकमार्फत थाहा पाएको बताएका छन् ।

तर, मेनपावर कम्पनीले भरेको फर्ममा भने गल्फ एसिया कन्ट्याक्टिङ कम्पनी लगायतमा जानका लागि भनेर लेखिएको भेटिएको छ ।

सो मेनपावरले अर्चीरोदन कम्पनीका लागि कामदार लैजान विभागबाट पूर्वस्वीकृति नलिएको र डिमाण्ड लेटर समेत नलिएको पाइएको छ ।

विभागबाट गएको शम्भुकुमार कटुवाल नेतृत्वको टोलीले तत्काललाई अन्तर्वाता रोक्न निर्देशन दिएको छ । विभागले केही राहदानी नियन्त्रणमा लिएको छ । विभागबाट गएको टोली प्रम्ुख कटुवालले थप अनुसन्धान गरिने जानकारी दिए ।

सो मेनपावर कम्पनीका अध्यक्ष लालबहादुर थापाले भने आफूहरुले पूर्वस्वीकृति लिएरै अन्तर्वार्ता गरिएको दावी गरे । तर, उनले अर्चीरोदन कम्पनीका लागि पूर्वस्वीकृति लिएको कुनै कागजात भने देखाउन सकेनन् ।

  

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...