ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वस्वीकृति नलिई धमाधम अन्तर्वार्ता, वैदेशिक रोजगार विभागले मार्यो छापा


abc tv
१४ फाल्गुन २०७९, आइतबार   १ : ३५   बजे

काठमाडौं । फेसबुकमार्फत आकर्षक रोजगारीको अवसर भन्दै अन्तर्वार्तामा बोलाएका एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

काठमाडौंको सुकेधारास्थित एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट प्रा.लि.मा आइतबार बिहान छापा मारेको हो ।

केही दिनदेखि सो मेनपावरले फेसबुकमार्फत साउदी अरवस्थित अर्चीरोदन कम्पनीमा आकर्षक रोजगारी भन्दै विज्ञापन गरेका थिए । करिब ३ सयजना युवाहरु अन्तर्वार्ताका लागि लाइन बसिरहेकै बेला विभगको टोलीले मेनपावर कम्पनीमा छापा हानेको हो ।

अन्तर्वार्ताका लागि लाइनमा बसेका अधिकांश युवाले अर्चीरोदन कम्पनीका लागि अन्तर्वार्ता दिन आएको बताएका छन् । उनीहरुले फेसबुकमार्फत थाहा पाएको बताएका छन् ।

तर, मेनपावर कम्पनीले भरेको फर्ममा भने गल्फ एसिया कन्ट्याक्टिङ कम्पनी लगायतमा जानका लागि भनेर लेखिएको भेटिएको छ ।

सो मेनपावरले अर्चीरोदन कम्पनीका लागि कामदार लैजान विभागबाट पूर्वस्वीकृति नलिएको र डिमाण्ड लेटर समेत नलिएको पाइएको छ ।

विभागबाट गएको शम्भुकुमार कटुवाल नेतृत्वको टोलीले तत्काललाई अन्तर्वाता रोक्न निर्देशन दिएको छ । विभागले केही राहदानी नियन्त्रणमा लिएको छ । विभागबाट गएको टोली प्रम्ुख कटुवालले थप अनुसन्धान गरिने जानकारी दिए ।

सो मेनपावर कम्पनीका अध्यक्ष लालबहादुर थापाले भने आफूहरुले पूर्वस्वीकृति लिएरै अन्तर्वार्ता गरिएको दावी गरे । तर, उनले अर्चीरोदन कम्पनीका लागि पूर्वस्वीकृति लिएको कुनै कागजात भने देखाउन सकेनन् ।

  

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu