ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप लामिछानेको निवेदनमा आज पेसी


एबीसी / संवाददाता

काठमाडौँ, १२ फागुन । क्रिकेटर सन्दीप लामिछानेले दुबइमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसिहत सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आजका लागि पेसी तोकिएको छ । दुवैतर्फका निवेदनमा शुक्रबारलाई पेसी तोकिएको हो ।

लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबइमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्याधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रूपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिह गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौँ बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरूद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।

उच्च अदालतको लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरूद्ध सरकार पक्षले निवेदन दायर गरेको छ । उच्चको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को विपरीत रहेको निवेदनमा उल्लेख छ । सरका पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com