ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन बुदेँ सहमतिपछि धर्ना स्थगित


एबीसी न्यूज

काठमाडौं,३ फागुन । नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ ।

नेपाल सरकारसँग तीन बुदेँ सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहसचिव विनोद प्रकास सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँग हिजो भएको छलफलका आधारमा आज तीन बुदेँ सहमति भएको हो ।

आन्दोलनरत पक्षधरले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कुर्मी त एउटा उदारहरण मात्र हुन् । माग कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ ।”

सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसूरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ ।

आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत राख्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ ।

घरेलु हिसांपीडित महिलाको न्यायका लागि माग गर्दै नेपालगञ्जदेखि पैदलयात्रा गरेर काठमाडौँ आएका खानसहितका व्यक्तिले माइतीघरमा गएको ४८ दिनदेखि धर्ना दिइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com