ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती


एबीसी न्यूज
फाल्गुन ३, २०७९ बुधबार   १ : ०३   बजे

काठमाडौं,३ फागुन । अन्नपूर्ण ९कास्की०, ३ फागुन ९रासस० स् नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ ।

पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ । पोखरा महानगरपालिका–३ अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दैआएको छ । पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ । उहाँ बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहनुहुन्छ । कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उहाँलाई साथ दिनुहुन्छ । काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान् श्रीमतीको दैनिकी बितिरहेको छ ।

चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो । विसं २०६१ मा पोखरा आएर व्यावसयिकरूपमा लाग्नुभएका कपाली अहिलेसम्म यही पेसामा हुनुहुन्छ । उहाँले काठको काम सानैदेखि सिक्नुभएको हो । पुख्र्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उहाँले सम्झिनुभयो । “ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन् । मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ”, कपालीले भन्नुभयो, “विसं २०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ ।”

पोखरामा काम थालेको केही वर्षपछि उहाँ काठको काम गर्न मुस्ताङ पुग्नुभयो । मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहनुभएको छ । उहाँलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन । “सानैदेखि यही कामले मन तान्यो । हातमा सीप भएपछि आम्दानी पनि राम्रै भयो”, उहाँले भन्नुभयो, “साथीहरू कोही–कोही विदेश गए । मलाई त कहिल्यै जामजाम जस्तो लागेन ।”

अहिले कपालीको परिवारको खर्च काष्ठकलाले धानेको छ । “म यो कामबाट सन्तुष्ट छु । यो कामले सबैथोक दिएको छ”, उहाँले भन्नुभयो, “यसबाट भएको आम्दानीले खान पुगेको छ ।” काष्ठकलाको आम्दानीले उहाँले पोखरामा घर किनिसक्नुभएको छ । श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उहाँ बताउनुुहुन्छ ।

कामदारलाई दिनुपर्ने पैसा जोगिएको कपालीकी श्रीमती बिनीले बताउनुभयो । छोराछोरीलाई विद्यालय पठाएपछि बचेको समय काममा सघाउने गरेको उहाँले बताउनुभयो । “श्रीमान्ले थालेको कामबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।

उद्योगको कलात्ममक सामान गण्डकी प्रदेशभरसँगै अन्य जिल्लामा पनि पुगेको छ । मागका आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पुर्‍याएको कपालीले सुनाउनुभयो । उहाँले बढी मात्रामा झ्यालढोकामा कला भर्नुभएको छ । “मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा उपभोक्ता आउँछन् अनि पैसा भएकाले कलात्मक झ्यालढोका प्रयोग गर्छन् ।”

कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन् । कलात्मक काठको मूल्य रु एक हजारदेखि रु पाँच लाखसम्म पर्छ । यही पेसाबाट सबै खर्च कटाएर मासिक रु ३५ हजारसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ ।

“हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ”, उहाँले भन्नुभयो, “मैले त कलात्मक काम गर्छु । यस्तै कामबाट बन्ने ठेका, ठेकी, मदानी, मादलजस्ता काम लोप हुँदै जान लागेको छ । यसलाई बनाउनु जरुरी छ ।” कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group