ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्री र माध्यमिकी परिक्रमाको तयारी


एबीसी न्यूज

काठमाडौं, १ फागुन । महोत्तरी, १ फागुन ९रासस० : फागुन कृष्णपक्ष सुुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्री पर्व र त्यसलगत्तै फागुन औँसीसँगै प्रारम्भ गरिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल ९मिथिलाका बासिन्दा० देखिएका हुन् ।

महाशिवरात्री पर्वका लागि महोत्तरीका शिवालयमा अहिले उत्सवको तयारी देखिएको छ । जिल्लाको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ स्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्रीमङ्गलनाथ, सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित श्री धष्नेश्वर र जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा पर्वको तयारी अघि बढेको हो ।

यी शिवालयसँगै बर्दिबास–१४ स्थित श्रीकामेश्वरनाथ र भङ्गाहाको सीतापुर बजारस्थित श्री सन्तानेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्री पर्वका लागि रङरोगन, मेलास्थल व्यवस्थापन र सुरक्षा प्रबन्धको आवश्यक तयारी थालिएको माहशिवरात्री मेला व्यवस्थापन समितिले जनाएका छन् । मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्री मेला आयोजना गरिने परम्परा छ ।

जलेश्वर–५ स्थित श्रीजलेश्वरनाथ जलभित्र समाधि लगाएर विराजमान शिवलिङ्ग आदिकालमा भगवान शङ्कर आफैँले स्थापित गर्नुभएको विश्वास गरिन्छ । ‘जलेश्वरो महालिङ्गो स्थापित श्रीशिवं स्वयं’ शिवपुराणमा वर्णित यो पङ्क्तिले नै श्री जलेश्वरनाथ अनादिकालमै स्थापना भएको शिवलिङ्ग मानिएको जलेश्वर–५ का बासिन्दा पूर्वीय दर्शन तथा साहित्यका अध्येता ध्रुव राय बताउनुहुन्छ ।

त्यसैगरी चुरे पर्वत श्रेणीको थुम्कोमा अवस्थित श्रीटुटेश्वरनाथ, रातु र बडहरी नदीको सङ्गमस्थित श्री सिद्धनाथ र श्री मङ्गलनाथ पनि अनादिकालमा स्थापित शिवलिङ्ग रहेका यहाँ विश्वास गरिन्छ । यसका अतिरिक्त बर्दिबास–३ राईमण्डल धार्मिक क्षेत्र अवस्थित श्री इन्द्रेश्वर महादेवको शिवलिङ्ग अघि सत्ययुगमा स्वर्गका राजा इन्द्रले दानवसँगको युद्धमा विजयी बन्ने वरदानका लागि शिवको तपस्या गरेका स्थान मानिन्छ ।

यी शिवालयमा प्रत्येक वर्षको फागुन कृष्णपक्षको महाशिवरात्री पर्व र साउन महिनाभरि लाग्ने साउने ‘बोलबम’ मेला खास अवसरका उत्सव मानिन्छन् । अहिले महाशिवरात्री नजिकिँदै गर्दा शिवालयको रङरोगन र साजसज्जा युद्धस्तरमा गरिँदैछ ।

यी शिवालयमा दुवै पर्व विशेषमा बर्सेनि मधेसका सबैजसो जिल्ला र छिमेकको भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन भगवान् शङ्करलाई गाईको दूध, पवित्र नदी वा तलाउको जल, बेलपत्र र श्रीशिवका प्रिय मानिने धतुरोसहितका फल चढाउन पुग्ने गर्छन् । पर्वको यो अवसरमा आउने भक्तजनको आवास, भोजन र दर्शनको चाँजो मिलाउनसँगै शिवालयको रङरोगन, साजसज्जाका काम र मेलाका अन्य व्यवस्थापनका काममा स्वयंसेवक खटिरहेका छन् ।

महाशिवरात्री पर्वमा शिवको दर्शन र आराधनाका लागि आउने भक्तजनलाई साँच्चै शिवधाम आइएछ भन्ने अनुभूति दिनेगरी अहिले तयारीका काममा लागिएको श्रीजलेश्वरनाथ महाशिवरात्री मेला व्यवस्थापन समिति–२०७९ का अध्यक्ष रञ्जितकुमार चौधरी बताउनुहुन्छ । अहिले शिवालयको समुचित पर्व व्यवस्थापनमा सम्बद्ध स्थानीय तहले हरेक तरिकाले सहयोग गरेका शिवालयका महाशिवरात्री मेला व्यवस्थापन समितिले जनाएका छन् ।

मिथिलामा महाशिवरात्री पर्व सम्पन्न गरिएलगत्तै सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन प्रारम्भ भएर फागुन शुक्लपक्षभरि हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहितमा एक सय ३० किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रीवास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने पुरानो परम्परा रहँदै आएको छ ।

अवधकिशोर ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतीमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलीका दहनको धुरा उडाएर ९होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन० त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउने छन् ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँच वटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रि विश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामको परम्परा रहँदै आएको छ ।

नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपत्कालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था, स्थानीय तह र व्यक्तिले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष ९परिषद्० ले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com