ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्री र माध्यमिकी परिक्रमाको तयारी


एबीसी न्यूज
फाल्गुन १, २०७९ सोमबार   २ : ३१   बजे

काठमाडौं, १ फागुन । महोत्तरी, १ फागुन ९रासस० : फागुन कृष्णपक्ष सुुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्री पर्व र त्यसलगत्तै फागुन औँसीसँगै प्रारम्भ गरिने मिथिला माध्यमिकी परिक्रमाको तयारीमा मैथिल ९मिथिलाका बासिन्दा० देखिएका हुन् ।

महाशिवरात्री पर्वका लागि महोत्तरीका शिवालयमा अहिले उत्सवको तयारी देखिएको छ । जिल्लाको बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा नगरपालिका–५ स्थित श्री सिद्धनाथ, सोनमा गाउँपालिकाको मगरथानास्थित श्रीमङ्गलनाथ, सम्सी गाउँपालिकाको गेढाभेटपुरस्थित श्री धष्नेश्वर र जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१ स्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा पर्वको तयारी अघि बढेको हो ।

यी शिवालयसँगै बर्दिबास–१४ स्थित श्रीकामेश्वरनाथ र भङ्गाहाको सीतापुर बजारस्थित श्री सन्तानेश्वर महादेव मन्दिरमा पनि महाशिवरात्री पर्वका लागि रङरोगन, मेलास्थल व्यवस्थापन र सुरक्षा प्रबन्धको आवश्यक तयारी थालिएको माहशिवरात्री मेला व्यवस्थापन समितिले जनाएका छन् । मिथिलामा फागुन कृष्ण द्वादशीदेखि चतुर्दशीसम्म महाशिवरात्री मेला आयोजना गरिने परम्परा छ ।

जलेश्वर–५ स्थित श्रीजलेश्वरनाथ जलभित्र समाधि लगाएर विराजमान शिवलिङ्ग आदिकालमा भगवान शङ्कर आफैँले स्थापित गर्नुभएको विश्वास गरिन्छ । ‘जलेश्वरो महालिङ्गो स्थापित श्रीशिवं स्वयं’ शिवपुराणमा वर्णित यो पङ्क्तिले नै श्री जलेश्वरनाथ अनादिकालमै स्थापना भएको शिवलिङ्ग मानिएको जलेश्वर–५ का बासिन्दा पूर्वीय दर्शन तथा साहित्यका अध्येता ध्रुव राय बताउनुहुन्छ ।

त्यसैगरी चुरे पर्वत श्रेणीको थुम्कोमा अवस्थित श्रीटुटेश्वरनाथ, रातु र बडहरी नदीको सङ्गमस्थित श्री सिद्धनाथ र श्री मङ्गलनाथ पनि अनादिकालमा स्थापित शिवलिङ्ग रहेका यहाँ विश्वास गरिन्छ । यसका अतिरिक्त बर्दिबास–३ राईमण्डल धार्मिक क्षेत्र अवस्थित श्री इन्द्रेश्वर महादेवको शिवलिङ्ग अघि सत्ययुगमा स्वर्गका राजा इन्द्रले दानवसँगको युद्धमा विजयी बन्ने वरदानका लागि शिवको तपस्या गरेका स्थान मानिन्छ ।

यी शिवालयमा प्रत्येक वर्षको फागुन कृष्णपक्षको महाशिवरात्री पर्व र साउन महिनाभरि लाग्ने साउने ‘बोलबम’ मेला खास अवसरका उत्सव मानिन्छन् । अहिले महाशिवरात्री नजिकिँदै गर्दा शिवालयको रङरोगन र साजसज्जा युद्धस्तरमा गरिँदैछ ।

यी शिवालयमा दुवै पर्व विशेषमा बर्सेनि मधेसका सबैजसो जिल्ला र छिमेकको भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन भगवान् शङ्करलाई गाईको दूध, पवित्र नदी वा तलाउको जल, बेलपत्र र श्रीशिवका प्रिय मानिने धतुरोसहितका फल चढाउन पुग्ने गर्छन् । पर्वको यो अवसरमा आउने भक्तजनको आवास, भोजन र दर्शनको चाँजो मिलाउनसँगै शिवालयको रङरोगन, साजसज्जाका काम र मेलाका अन्य व्यवस्थापनका काममा स्वयंसेवक खटिरहेका छन् ।

महाशिवरात्री पर्वमा शिवको दर्शन र आराधनाका लागि आउने भक्तजनलाई साँच्चै शिवधाम आइएछ भन्ने अनुभूति दिनेगरी अहिले तयारीका काममा लागिएको श्रीजलेश्वरनाथ महाशिवरात्री मेला व्यवस्थापन समिति–२०७९ का अध्यक्ष रञ्जितकुमार चौधरी बताउनुहुन्छ । अहिले शिवालयको समुचित पर्व व्यवस्थापनमा सम्बद्ध स्थानीय तहले हरेक तरिकाले सहयोग गरेका शिवालयका महाशिवरात्री मेला व्यवस्थापन समितिले जनाएका छन् ।

मिथिलामा महाशिवरात्री पर्व सम्पन्न गरिएलगत्तै सुरु हुने फागुन शुक्लपक्षभरि मिथिला माध्यमिकी परिक्रमाको उत्सव मनाइन्छ । फागुन औँसीकै दिन प्रारम्भ भएर फागुन शुक्लपक्षभरि हुने मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहितमा एक सय ३० किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रीवास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने पुरानो परम्परा रहँदै आएको छ ।

अवधकिशोर ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतीमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्रा मिथिलाको महाकुम्भ मानिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलीका दहनको धुरा उडाएर ९होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन० त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउने छन् ।

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँच वटा रात्रि विश्रामस्थल रहँदै आएका छन् । त्यसैगरी धनुषामा छ रात्रि विश्राम र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामको परम्परा रहँदै आएको छ ।

नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो मिथिलाको महाकुम्भमा परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपत्कालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था, स्थानीय तह र व्यक्तिले स्वेच्छिक प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृहत्तर जनकपुर क्षेत्र विकास कोष ९परिषद्० ले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group