ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथ आज


एबीसी / संवाददाता

काठमाडौँ, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम दिउँसो गर्ने कुराकानी भए पनि समय भने निर्धारण हुन बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार दिउँसो ३ वा ४ बजेतिर कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ । नवनियुक्त मुख्यमन्त्रीसँगको परामर्शपछि समय निर्धारण गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बिहीबार प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

२७ पुसमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com