काठमाडौं, ४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।
अस्पतालमै पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पृष्पकमल दाहाल प्रचण्डले हिजो पुनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।



















प्रतिक्रिया दिनुहोस्