ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको विकासका लागि बेल्ट एण्ड रोड सहकार्य अगाडि बढाउन तयार छौं : चीन सरकार


एबीसी / संवाददाता
पुस ११, २०७९ सोमबार   ७ : ५८   बजे

काठमाडौं ११ पुस । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।

नियमित पत्रकार समम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेकी छन् ।

‘हामी नेपालमा सहज ढंगले आम निर्वाचन सफल भएको बारेमा जानकार छौं । प्रचण्डलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई छ । नेपाल सरकार, नागरिकको साझा प्रयास, विभिन्न राजनीतिक दल र शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र दिगो सामाजिक आर्थिक विकास हुने विश्वास चीनको छ,’ प्रवक्ता माओले भनेकी छन् ।

उनले परम्परागत मित्र र छिमेकी भएको नाताले चीन सँधै नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिइरहेको बताइन् । साथै, चीनले नेपाल सरकारसँगको मैत्रीपूर्ण सहयोग आदानप्रदानलाई विस्तार गर्दै सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताइन् ।

उनले विकास र समृद्धिका लागि उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउने र रणनीतिक साझेदारीमा सहकार्य गर्न चीन सँधै तयार रहनेसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

कांग्रेसको प्रतिक्रिया– आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

अब बिजुलीमा पनि भ्याट लाग्ने

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group