ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार बम विस्फोटनमा ३० भन्दा बढीको मृत्यु


एबीसी न्यूज

बेनगाजी, ११ माघ ।   लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।
जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् ।


अन्य सहर भन्दा शान्त मानिने बेनगाजी सहर गत बर्षको जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो । सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गर्नु भएको थियो ।

जिहादीविरुद्ध बेनगाजीमा तीन बर्षे अभियान नै चलाइएको थियो । तर पनि हिंसात्मक घटना भने निरन्तर रुपमा भइरहेका छन् ।
मंगलबार भएका दुई घटनामध्ये पहिलो घटना भएर सुरक्षाकर्मी र आपतकालिन उद्धारकर्ताहरूले उद्धार गरिरहेको समयमा केही बेरमा अर्को घटना भएको थियो ।
सहरमै रहेको अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिनुभयो ।
त्यसैगरी अर्को बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौ जनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताउनुभयो ।
चिकित्सा अधिकारीले घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।  (रासस÷एएफपी)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com