ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा एमाले–कांग्रेस नमिले को बन्लान् निर्णायक ?


एबीसी / संवाददाता
पुस १, २०७९ शुक्रबार   ७ : ५९   बजे

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।

संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद हुन्छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८र८ जना र मनोनित ३ जना गरी ५९ सदस्य हुन्छन् । यी ८ जनामध्ये ३ जना महिला, एक जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्छन् ।

यसरी संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार चार सय हुन आउँछ ।

राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ ।

समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् । माओवादी केन्द्र तेस्रोमा छ ।

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ ।

नेकपा एमाले पनि कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्ष सहित १७ सांसद छन् । जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७७७६ छ ।

राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ ।

तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी ९जसपा० को दुई हजार ९७ मतभार छ ।

४ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको केही महिना अगाडि मात्रै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा २० सिट जितेको छ । यसको मतभार १५८० छ । यो दलले प्रदेश सभाको चुनावमा भाग लिएको थिएन । उसको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन ।

प्रदेश सभा र प्रतिनिधिसभा समेत जोड्दा जनमत पार्टीको १२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ ।

संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

पहिलो निर्वाचनमा कुनै उम्मेदवारले बहुमत हासिल नगरे सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनमा पनि दुवैले बहुमत हासिल गर्न नसके तेस्रो चरणको चुनावमा सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ । अर्थात्, तेस्रो चरणको निर्वाचनमा ५० प्रतिशत मत कटाउनुपर्ने छैन ।

गठबन्धनलाई राहत

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा, राजमोले चुनावी गठबन्धन नै बनाएर चुनाव लडेका थिए । चुनावमा एमाले, राप्रपा र जनता समाजवादी पार्टी ९जसपा०ले तालमेल गरेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको गठबन्धन सकिएको घोषणा गरिसकेका छन् । यद्यपि, पार्टीभित्र यादवको भनाइको खण्डन पनि भएको छ ।

सत्ता गठबन्धनमा रहेका ५ वटै दल सँगै रहँदा राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनमा लागि ५० प्रतिशत बढी मत पुग्छ । यस अर्थमा पहिलो चरणकै निर्वाचनबाट गठबन्धनका उम्मेदवार राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचित हुनसक्ने अवस्था छ । स्वतन्त्र रुपमा चुनाव जितेर आएका प्रभु साह, अमरेशकुमार सिंह लगायतको पनि गठबन्धनलाई साथ रहने सम्भावना छ ।

तर जसपा, जनमत, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र कतिपय स्वतन्त्र सांसदहरुको मत कता जान्छ अहिल्यै भन्न सकिन्न । तर यसरी नखुलेको मत आफ्नो पक्षमा पार्दा समेत एमालेलाई राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक मतभार पुग्ने देखिदैन ।

एमाले–कांग्रेस मिले के हुन्छ ?

राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनमा कांग्रेस र एमाले मिल्दा अर्को उम्मेदवार खडा हुने सम्भावना कम रहन्छ । किनभने, कांग्रेस र एमालेको मतभार ३१ हजार ५०२ पुग्छ । त्यो अवस्थमा अरु सबै दल एक हुँदा पनि चुनिन नसक्ने अवस्था आउँछ ।

कांग्रेस र एमाले नमिल्दा तेस्रो दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निर्णायक हुन्छन् । कांग्रेस माओवादी र समाजवादीको मात्रै मतभार २६ हजार ४२७ पुग्छ । यो राष्ट्रपति चुनिन कुल मत ५२ हजार ७ सय ८६ को ५१ प्रतिशत ९२६ हजार ३ सय ९४ मत ० भन्दा केही बढी हो ।

केही गरी सत्ता गठबन्धन टुट्यो भने मतभारको अंकगणित पनि उल्टिनेछ । वाम ध्रुवीकरण हुने अवस्थामा माओवादी र एकीकृत समाजवादी निर्णायक हुनेछन् । एमालेसहितको वाम ध्रुवीकरण भयो भने एमाले गठबन्धनको १७ हजार ४९१ मतभारमा माओवादी केन्द्रको ७७२८, एकीकृत समाजवादीको २४७८, राजमो १५८ जोडिनेछ । यसमा लोसपा र जसपा पनि थपिँदा सहजै बहुमत पुग्नसक्छ ।

यी सम्भावनाहरुको प्रयोगका लागि फागुन अन्तिम सातासम्म कुर्नुपर्नेछ । संविधानको धारा ६३ मा ‘राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने’ उल्लेख छ । यसकारण नयाँ राष्ट्रपतिका लागि फागुन अन्तिम साता कुर्नुपर्ने भएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group