ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा एमाले–कांग्रेस नमिले को बन्लान् निर्णायक ?


एबीसी / संवाददाता

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुखको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुन्छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।

संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद हुन्छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८र८ जना र मनोनित ३ जना गरी ५९ सदस्य हुन्छन् । यी ८ जनामध्ये ३ जना महिला, एक जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्छन् ।

यसरी संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार चार सय हुन आउँछ ।

राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ ।

समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् । माओवादी केन्द्र तेस्रोमा छ ।

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ ।

नेकपा एमाले पनि कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्ष सहित १७ सांसद छन् । जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७७७६ छ ।

राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ ।

तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी ९जसपा० को दुई हजार ९७ मतभार छ ।

४ मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको केही महिना अगाडि मात्रै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा २० सिट जितेको छ । यसको मतभार १५८० छ । यो दलले प्रदेश सभाको चुनावमा भाग लिएको थिएन । उसको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन ।

प्रदेश सभा र प्रतिनिधिसभा समेत जोड्दा जनमत पार्टीको १२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ ।

संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

पहिलो निर्वाचनमा कुनै उम्मेदवारले बहुमत हासिल नगरे सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनमा पनि दुवैले बहुमत हासिल गर्न नसके तेस्रो चरणको चुनावमा सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ । अर्थात्, तेस्रो चरणको निर्वाचनमा ५० प्रतिशत मत कटाउनुपर्ने छैन ।

गठबन्धनलाई राहत

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा, राजमोले चुनावी गठबन्धन नै बनाएर चुनाव लडेका थिए । चुनावमा एमाले, राप्रपा र जनता समाजवादी पार्टी ९जसपा०ले तालमेल गरेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको गठबन्धन सकिएको घोषणा गरिसकेका छन् । यद्यपि, पार्टीभित्र यादवको भनाइको खण्डन पनि भएको छ ।

सत्ता गठबन्धनमा रहेका ५ वटै दल सँगै रहँदा राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनमा लागि ५० प्रतिशत बढी मत पुग्छ । यस अर्थमा पहिलो चरणकै निर्वाचनबाट गठबन्धनका उम्मेदवार राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचित हुनसक्ने अवस्था छ । स्वतन्त्र रुपमा चुनाव जितेर आएका प्रभु साह, अमरेशकुमार सिंह लगायतको पनि गठबन्धनलाई साथ रहने सम्भावना छ ।

तर जसपा, जनमत, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र कतिपय स्वतन्त्र सांसदहरुको मत कता जान्छ अहिल्यै भन्न सकिन्न । तर यसरी नखुलेको मत आफ्नो पक्षमा पार्दा समेत एमालेलाई राष्ट्रपतिरउपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक मतभार पुग्ने देखिदैन ।

एमाले–कांग्रेस मिले के हुन्छ ?

राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनमा कांग्रेस र एमाले मिल्दा अर्को उम्मेदवार खडा हुने सम्भावना कम रहन्छ । किनभने, कांग्रेस र एमालेको मतभार ३१ हजार ५०२ पुग्छ । त्यो अवस्थमा अरु सबै दल एक हुँदा पनि चुनिन नसक्ने अवस्था आउँछ ।

कांग्रेस र एमाले नमिल्दा तेस्रो दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निर्णायक हुन्छन् । कांग्रेस माओवादी र समाजवादीको मात्रै मतभार २६ हजार ४२७ पुग्छ । यो राष्ट्रपति चुनिन कुल मत ५२ हजार ७ सय ८६ को ५१ प्रतिशत ९२६ हजार ३ सय ९४ मत ० भन्दा केही बढी हो ।

केही गरी सत्ता गठबन्धन टुट्यो भने मतभारको अंकगणित पनि उल्टिनेछ । वाम ध्रुवीकरण हुने अवस्थामा माओवादी र एकीकृत समाजवादी निर्णायक हुनेछन् । एमालेसहितको वाम ध्रुवीकरण भयो भने एमाले गठबन्धनको १७ हजार ४९१ मतभारमा माओवादी केन्द्रको ७७२८, एकीकृत समाजवादीको २४७८, राजमो १५८ जोडिनेछ । यसमा लोसपा र जसपा पनि थपिँदा सहजै बहुमत पुग्नसक्छ ।

यी सम्भावनाहरुको प्रयोगका लागि फागुन अन्तिम सातासम्म कुर्नुपर्नेछ । संविधानको धारा ६३ मा ‘राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने’ उल्लेख छ । यसकारण नयाँ राष्ट्रपतिका लागि फागुन अन्तिम साता कुर्नुपर्ने भएको हो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com