ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार धरौटी रकम जफत


एबीसी / संवाददाता

काठमाडौं, २९ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रुपैयाँ जमानतबापत जफत भएको हो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ। प्रदेश सभा सदस्य पदका उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले उल्लेख गरेको छ।

निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका १७७२ पुरुष उम्मेदवारबाट १७ करोड ७२ लाख रुपैयाँ धरौटी जफत भएको छ भने १८९ जना महिला उम्मेदवारबाट ९ लाख ४५ हजार रुपैयाँ धरौटी जफत भएको छ ।  यस्तै प्रदेश सभातर्फ २०८६ पुरुष उम्मेदवारबाट एक करोड ४३ लाख रुपैयाँ धरौटी जफत भएको छ ।

२३७ जना महिला उम्मेदवारबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ धरौटी बापतको रकम जफत भएको छ । भने, एक जना लैंगिक अल्पसंख्यक समुदायका उम्मेदवारबाट २५ सय रुपैयाँ बराबर धरौटी रकम जफत भएको छ ।

प्रदेश सभामा धरौटी जफत भएका कूल २३२४ जना उम्मेदवारबाट १ करोड १० लाख २५ हजार धरौटीबापतको रकम जफत भएको हो ।  यता प्रतिनिधि सभाका कूल १९६१ उम्मेदवारबाट एक करोड ८६ लाख ६५ हजार रुपैयाँ धरौटीबापतको रकम जफत भएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ २४१२ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com