ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादै–विवादबीच चोलेन्द्र सर्वाेच्च नफर्की बिदा


एबीसी / संवाददाता
मंसिर २७, २०७९ मंगलबार   ५ : २४   बजे

काठमाडौं, २७ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त भएका हुन् ।

‘६५ वर्षे उमेरहदका कारण उहाँ (जबरा) मंगलबारबाट अनिवार्य अवकाश पाउनु भएको छ,’ सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेरहदका कारण सेवाबाट अनिवार्य अवकाश पाएका हुन् । उनले १८ पुस २०७५ मा पद तथा गोपनीयताको शपथ लिएर प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए ।

गत १ फागुनमा जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न नसकेको, न्यायपालिकाभित्र विकृति, विसङ्गति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र रोक्न नसकेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको लगायत २१ वटा आरोपसहित जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

जुन प्रस्तावको प्रतिनिधिसभामा विचाराधीन छ । नयाँ संसदले उक्त प्रस्ताव स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा दलहरुबीच मतभेद कायमै रहेका बेला जबराले अनिवार्य अवकाश पाएका हुन् ।

महाअभियोग प्रस्ताव दर्ता हुनुअघि जबराविरुद्ध सर्वाेच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले आन्दोलन गरेको थियो । जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत बारले मात्र होइन सहकर्मी न्यायाधीशहरु समेतले आन्दोलन गरेका थिए ।

लामो समय न्यायाधीश र अधिवक्ताहरुको आन्दोलन चलिरहेका बेला जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने कारणसहित प्रतिवेदन बुझाएको थियो । तर, उक्त प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो र नयाँ प्रतिनिधिसधा गठन भएको छैन ।

यस अवस्थामा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जबराले बताउँदै आएका छन् । सोहीअनुसार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबाट अघिल्लो हप्ता २१ मंसिरमा महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र लिएर सर्वाेच्च अदालत छिर्ने जबराको प्रयास असफल भयो । सर्वाेच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएपछि जबराको सर्वाेच्च फर्किने प्रयास अफल भयो ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरा सर्वाेच्च अदालत नफर्की मंगलबार उमेरहदका कारण सेवानिवृत्त भए । जबरा निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group